तीन दिनको मौसमको अवस्था, कहाँ कस्तो रहने छ ? « Khabarhub

तीन दिनको मौसमको अवस्था, कहाँ कस्तो रहने छ ?


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा माैसम पूवर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाे जनाएको छ ।

महाशाखाले पश्चिमी भूभागहरुका केही स्थानहरूमा आंशिक बदली रहेको भए पनि बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ र तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। पूर्वी उच्च पहाडी तथा हिमालि भु-भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार राति देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानाुमान गरेको छ ।

त्यसैगरी सोमबार दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्व तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

सोमबार राति देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा आंशिक बादली रहनेछ।

माघ १४ गते मंगलबार दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा र बाँकी भु-भागमा आंशिक बदली रहनेछ।

मंगलबार राति देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी भू-भागका केही स्थानहरु, मध्य भू-भागका थोरै स्थानहरु र पूर्वी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका केही भू-भागमा हुस्सु/कुहिरोको कारणले घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ६ : २० बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।