कांग्रेस नेता पूर्वसांसद कार्कीको निधन « Khabarhub

कांग्रेस नेता पूर्वसांसद कार्कीको निधन


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काग्रेस नेता गम्भीरजंग कार्कीको निधन भएको छ ।

नेपाली कांग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति कार्कीको ७६ वर्षको उमेरमा निधन भएको हो ।

मिर्गौला रोगबाट पीडित कार्कीको आज (आइतबार) बिहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

कार्कीले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए। पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

कार्कीले वि.सं. २०५१ देखि २०५६ सम्म कांग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : २३ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि