सापकोटा विरुद्धको रिट सर्वोच्चको ६ नम्बर इजलाशमा « Khabarhub

सापकोटा विरुद्धको रिट सर्वोच्चको ६ नम्बर इजलाशमा


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद अग्नि सापकोटाविरुद्ध दायर भएको रिटको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालको (६ नम्बर) इजलाशमा पेशी तोकिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुख चयन हुने प्रक्रियामा रहेका सापकोटालाई सभामुख चयन नगर्ने गरी आदेश जारी गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा द्वन्द्वकालीन घटनामा ‘कर्तब्य ज्यान’को गम्भीर आरोप लागेका सापकोटालाई सभामुख निर्वाचित गर्ने प्रक्रिया रोक्नका आदेश मागदाबी गरिएको छ । साथै, सापकोटालाई तत्काल पक्राउ गरी अदालतमा उपस्थित गराउन पनि मागदाबी गरिएको छ ।

सर्वोच्च अदालतले सापकोटाविरुद्ध परेको रिटलाई आइतबार सुनुवाई हुने गरी पेशीमा चढाएको थियो । सर्वोच्चले आइतबार न्यायाधीश फुयालको एकल इजलाशमा पेशी तोकेको हो ।

सर्वोच्च अदालतले शुक्रबार नै तारेख पर्चा खडा गरेर आइतबार (माघ १२ गते) सापकोटासहित मुद्दाका विपक्षी र रिद दायरकर्ता वरिष्ठ अधिवक्ता त्रिपाठीलाई मुद्दाको पेशी तारेखमा हाजिर हुन भनेको थियो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद सचिवालय, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित अग्नि सापकोटा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाएका छन् ।

संघीय संसद सचिवालयद्वार जारी सभामुख निर्वाचन प्रक्रियाअन्तर्गत सापकोटा सम्भवतः आइतबार नै सभामुखमा निर्वाचित भएको घोषणा हुँदैछ ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज (आइतबार) नै बस्ने प्रतिनिधि सभा बैठकबाट सभामुख निर्वाचित भएको घोषणा गर्ने कार्यसूची छ । प्रतिनिधि सभाको सभामुखका लागि नेकपाबाट सापकोटाको एकल उम्मेदवार परेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : ३९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले