अमेरिकामा लुकेकी भनिएकी उपमेयरले भनिन्, कृपया मलाई बाँच्न दिनुहोस् | Khabarhub Khabarhub

अमेरिकामा लुकेकी भनिएकी उपमेयरले भनिन्, कृपया मलाई बाँच्न दिनुहोस्


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना)ले आफू अमेरिकामा लुकेको नभइ उपचार गर्नका लागि बसेको बताएकी छन् ।

विभिन्न सञ्चारमाध्यममा गोष्ठीमा सहभागी हुन गएर उपमेयर नेपाली उतै लुकेको समाचार प्रकाशन÷प्रसारण भएपछि उपमेयर नेपालीले आफू उपचार गर्नका लागि मात्रै अमेरिकामा बस्नु परिरहेको स्पष्टीकरण दिएकी हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उपमेयर नेपालीले भनेकी छन्– ‘म हराएको पनि छैन, लुकेको पनि छैन । मेयर रत्न शाहीजीलाई जानकारी नदिएर पनि अमेरिका आएको हैन । उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हुँ ।’

अमेरिका आएदेखि नै आफूले मेयर शाहीसँग पटक पटक सम्पर्क गरेको, तर फोन नउठेको उपमेयर नेपालीको भनाइ छ । ‘अमेरिकाबाट बार बार मेयरलाई फोन गर्दा उहाँको फोन कहिल्यै पनि उठेन । प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालजीसँग पनि कुरा भएको हो । वडा अध्यक्ष ज्युहरुसँग पनि कुरा भएको हो । कतैबाट कुनै प्रतिक्रिया आएन,’ उपमेयर नेपालीले भनेकी छन् ।

उपमेयर नेपालीले आफू भारतीय मूलकी डाक्टर अञ्जीर कुमारसँग उपचाररत रहेको बताएकी छन् । चिकित्सकका अनुसार आफ्नो उपचारका लागि अझै ५ महिना लाग्ने उनको भनाइ छ ।

आफ्ना विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकरात्मक समाचार र भ्रमणहरु आएको उल्लेख गर्दै उपमेयर नेपालीले भनेकी छन्– कृपया मलाई बाँच्न दिनुहोस् । आफू निको नभइ म कसरी अरुको सेवा गर्न सक्छु ?

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : ०४ बजे

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर