अमेरिकामा लुकेकी भनिएकी उपमेयरले भनिन्, कृपया मलाई बाँच्न दिनुहोस् « Khabarhub

अमेरिकामा लुकेकी भनिएकी उपमेयरले भनिन्, कृपया मलाई बाँच्न दिनुहोस्


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना)ले आफू अमेरिकामा लुकेको नभइ उपचार गर्नका लागि बसेको बताएकी छन् ।

विभिन्न सञ्चारमाध्यममा गोष्ठीमा सहभागी हुन गएर उपमेयर नेपाली उतै लुकेको समाचार प्रकाशन÷प्रसारण भएपछि उपमेयर नेपालीले आफू उपचार गर्नका लागि मात्रै अमेरिकामा बस्नु परिरहेको स्पष्टीकरण दिएकी हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उपमेयर नेपालीले भनेकी छन्– ‘म हराएको पनि छैन, लुकेको पनि छैन । मेयर रत्न शाहीजीलाई जानकारी नदिएर पनि अमेरिका आएको हैन । उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हुँ ।’

अमेरिका आएदेखि नै आफूले मेयर शाहीसँग पटक पटक सम्पर्क गरेको, तर फोन नउठेको उपमेयर नेपालीको भनाइ छ । ‘अमेरिकाबाट बार बार मेयरलाई फोन गर्दा उहाँको फोन कहिल्यै पनि उठेन । प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालजीसँग पनि कुरा भएको हो । वडा अध्यक्ष ज्युहरुसँग पनि कुरा भएको हो । कतैबाट कुनै प्रतिक्रिया आएन,’ उपमेयर नेपालीले भनेकी छन् ।

उपमेयर नेपालीले आफू भारतीय मूलकी डाक्टर अञ्जीर कुमारसँग उपचाररत रहेको बताएकी छन् । चिकित्सकका अनुसार आफ्नो उपचारका लागि अझै ५ महिना लाग्ने उनको भनाइ छ ।

आफ्ना विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकरात्मक समाचार र भ्रमणहरु आएको उल्लेख गर्दै उपमेयर नेपालीले भनेकी छन्– कृपया मलाई बाँच्न दिनुहोस् । आफू निको नभइ म कसरी अरुको सेवा गर्न सक्छु ?

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : ०४ बजे

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा