विरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिन्छन् : अध्यक्ष थापा « Khabarhub

विरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिन्छन् : अध्यक्ष थापा


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् । विरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिने उनको भनाइ छ ।

‘मन वचन र कर्मले देशलाई मायागर्ने राष्ट्रवादी भएको हुँदा एकपटक होइन, हजार पटक भन्न सक्छु कि एमसिसी नेपालको हितमा छ’,  उनले भने,’अहिले एमसीसीको विरोधगर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिने छन्। कसरी राष्ट्रवादको ढोल पिटेर जनतालाई वेवकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेका रहेछन्,स्पष्ट हुनेछ ।’

थापाले एमसीसीका बारेमा प्रायोजित भ्रमहरु छर्ने काम भइरहेको भन्दै राष्ट्रवादीहरु सतर्क हुनुपर्ने बताए । विगतमा चीनको सहयोगमा अरनिको राजमार्ग बनाउँदा नेपाल कम्युनिष्ट बन्ने भयो भन्ने स्याल हुईया गरिएजस्तै एमसीसीको विरोधमा प्रायोजित रुपमा भ्रम फैलाइएको उनले बताए ।

‘विगतमा चीनको सहयोगमा अरनिको राजमार्ग बनाउँदा नेपाल कम्युनिष्ट बन्ने भयो भन्ने स्याल हुईया गरियो।त्यसबेला राजा महेन्द्रले कम्युनिज्म गाडी चढेर आउँदैन भनेझै अहिले अमेरिकी प्रभावर स्वार्थ एमसिसीमा उडेर आउंदैन। प्रायोजित भ्रमबाट देशलाई मायागर्ने राष्ट्रवादीहरु सतर्क हुनुपर्छ ’ उनले भने ।

अध्यक्ष थापाले चिनियाँ सहयोग बीआरआई र एमसीसीको बिरोध गर्ने दुबै प्रवृत्ति उस्तै भएको र यो गतल भएको बताएका छन् ।

‘एकथरी चिनियाँ सहयोग ‘बिआरआई’को बिरोधगर्ने,अर्काथरी अमेरिकी सहयोग ‘एमसिसी’को बिरोध। दुवै प्रवृत्ति गलत हुन्,’ उनले भने,‘शितयुद्धकालिन बिश्व प्रतिस्पर्धामा राजा महेन्द्रले चीन,भारत,अमेरिका,रुस सबैको सहयोग लिएर नेपालमा बिकासको जग राखेका थिए,त्यस्तै दूरदर्शिता,साहस र राष्ट्रवादी सोचको अहिले खाँचो छ ।’

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि