विरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिन्छन् : अध्यक्ष थापा « Khabarhub

विरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिन्छन् : अध्यक्ष थापा


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् । विरोध गर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिने उनको भनाइ छ ।

‘मन वचन र कर्मले देशलाई मायागर्ने राष्ट्रवादी भएको हुँदा एकपटक होइन, हजार पटक भन्न सक्छु कि एमसिसी नेपालको हितमा छ’,  उनले भने,’अहिले एमसीसीको विरोधगर्नेहरु एमसीसी कार्यान्वयनमा आएपछि नाङ्गिने छन्। कसरी राष्ट्रवादको ढोल पिटेर जनतालाई वेवकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेका रहेछन्,स्पष्ट हुनेछ ।’

थापाले एमसीसीका बारेमा प्रायोजित भ्रमहरु छर्ने काम भइरहेको भन्दै राष्ट्रवादीहरु सतर्क हुनुपर्ने बताए । विगतमा चीनको सहयोगमा अरनिको राजमार्ग बनाउँदा नेपाल कम्युनिष्ट बन्ने भयो भन्ने स्याल हुईया गरिएजस्तै एमसीसीको विरोधमा प्रायोजित रुपमा भ्रम फैलाइएको उनले बताए ।

‘विगतमा चीनको सहयोगमा अरनिको राजमार्ग बनाउँदा नेपाल कम्युनिष्ट बन्ने भयो भन्ने स्याल हुईया गरियो।त्यसबेला राजा महेन्द्रले कम्युनिज्म गाडी चढेर आउँदैन भनेझै अहिले अमेरिकी प्रभावर स्वार्थ एमसिसीमा उडेर आउंदैन। प्रायोजित भ्रमबाट देशलाई मायागर्ने राष्ट्रवादीहरु सतर्क हुनुपर्छ ’ उनले भने ।

अध्यक्ष थापाले चिनियाँ सहयोग बीआरआई र एमसीसीको बिरोध गर्ने दुबै प्रवृत्ति उस्तै भएको र यो गतल भएको बताएका छन् ।

‘एकथरी चिनियाँ सहयोग ‘बिआरआई’को बिरोधगर्ने,अर्काथरी अमेरिकी सहयोग ‘एमसिसी’को बिरोध। दुवै प्रवृत्ति गलत हुन्,’ उनले भने,‘शितयुद्धकालिन बिश्व प्रतिस्पर्धामा राजा महेन्द्रले चीन,भारत,अमेरिका,रुस सबैको सहयोग लिएर नेपालमा बिकासको जग राखेका थिए,त्यस्तै दूरदर्शिता,साहस र राष्ट्रवादी सोचको अहिले खाँचो छ ।’

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : १५ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन