ओली र प्रचण्डबीचको बैठक सकियो– उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दाबारे छलफल « Khabarhub

ओली र प्रचण्डबीचको बैठक सकियो– उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दाबारे छलफल


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको छलफल सकिएको छ ।

दुवै अध्यक्षबीच आइतबार बिहान ८ बजेदेखि छलफल शुरु भएको थियो । दुई अध्यक्षबीच शान्तिप्रक्रियाको पूर्णता तथा द्वन्द्वकालीन मुद्दा, उपसभामुखको चुनाव, केन्द्रीय कमिटीको बैठक लगायत विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार दुवै नेताबीच माघ १५ गतेदेखि हुने गरी तय भएको केन्द्रीय कमिटी बैठकको विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

यस्तै, उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दा तथा विभिन्न निकायमा पदाधिकारी नियुक्तिका विषयमा पनि अध्यक्षहरुबीच छलफल भएको जनाइएको छ ।

नेकपाले सभामुखको उम्मेदवारका रुपमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद तथा स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ । सभामुखमा एकल उम्मेदवारी परेका कारण सापकोटा आइतबारको प्रतिनिधि सभाको बैठकबाट निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा हुने छ ।

संवैधानिक व्यवस्थाअनुसार उपसभामुखमा नेकपाले उम्मेदवार उठाउन मिल्दैन । उपसभामुखका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले जोड गरिरहेका छन् ।

आइतबार दुई नेताबीच उपसभामुखमा कुन दललाई समर्थन गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : ५० बजे

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा