१३३ मनोरोगीको नि:शुल्क उपचार « Khabarhub

१३३ मनोरोगीको नि:शुल्क उपचार


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुरमा आयोजना गरिएको निःशुल्क मनोरोगसम्वन्धि शिविरमा १ सय १३ जना लाभान्वित भएका छन् ।

मेनिरोल नेपाल आशादिप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त शिविरमा नशा, टाउको तथा मनोरोगवाट ग्रसित बनेका बिरामीले उपचार गराएका थिए ।

पछिल्लो समयमा विभिन्न कारणले मानिस डिप्रेसनजस्ता समस्याले परिवार तथा समाजलाई असर परेकाले यसलाई समयमै स्वास्थ्यकर्मीबाट सल्लाह लिनुपर्ने प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताए ।

मनोरोग विशेषज्ञ डा राजेश श्रेष्ठले उपचार गरे मनोरोग निको हुने दाबी गरे । समाजमा झारफुक गरे ठीक हुन्छ भन्ने अन्धविश्वास रहेकोले यसलाई निरुत्साहित गर्नुपर्ने डा श्रेष्ठको भनाइ छ ।

मृगी, डराउने, डिप्रेसन हुनेजस्ता बिरामीको सङ्ख्या बढी रहेकाले यसबाट मुक्त हुन आफ्नो ब्यवहारसमेत परिर्वतन गर्नुपर्ने उनको भनाइ छ ।

शिवरपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले १ सय १३ मध्ये ३४ जनालाई उपचारका लागि अन्य ठाउँ जान सुझाव दिइएको बताए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १ : ४७ बजे

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव