झोलामा १० किलो गाँजा बोकेर सार्वजनिक बसमा सरर… « Khabarhub

झोलामा १० किलो गाँजा बोकेर सार्वजनिक बसमा सरर…


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– झोलामा साढे १० किलो गाँजा बोकेर सार्वजनिक बसमा यात्रा गरिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मकवानपुरको मनहरीबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको बसमा सवार २ जना यात्रुलाई १० किलो ५ सय ६० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका ९ बस्ने ३५ वर्षीय ज्ञानबहादुर प्रजा र राक्सिङ गाउँपालिका–२ बस्ने ४२ वर्षीय कान्छाराम तामाङ छन् ।

प्रहरीका अनुसार उनीहरुले आफ्नो झोलामा गाँजा बोकेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  २ : ०९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर