छोरी जन्मे गाउँपालिकाले २० वर्षसम्म महिनाको सय रुपैयाँ दिने « Khabarhub

छोरी जन्मे गाउँपालिकाले २० वर्षसम्म महिनाको सय रुपैयाँ दिने


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ । गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई हुने विभेदको अन्त्य गर्न थालेको हो ।

बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले छोरा र छोरी बीचमा हुने विभेद, सुरक्षित प्रसूति र उज्ज्वल भविष्य निर्माणका लागि नयाँ कार्यक्रमको ल्याएको छ ।

गाउँपालिकाले छोरी जन्मेमा हरेक महिना एक सय रुपैयाँका दरले २० वर्षसम्म बालिकाको खातामा रकम जम्मा गरिदिने योजना बनाएको बरेङ गाउँपालिकाले जनाएको छ । छोरा जन्मेमा भने एकपटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ । यसका लागि गाउँपालिकाको केही सर्त पूरा गर्नुपर्ने हुन्छ ।

गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित रुपमा चारपटक स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामा सुत्केरी र ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराएमा मात्र उज्यालो भविष्य कार्यक्रममा समावेश गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । “यो सानो शुरुआत हो, हेर्दा सामान्य लागे पनि विभेद अन्त्यका लागि ठूलो कदम हुन्छ”, अध्यक्ष पौडेलले भने, “यो कार्यक्रमले सुरक्षित भविष्य, सुरक्षित प्रसूतिदेखि छोरीहरुको पठनपाठनलगायत धेरै विषयमा फाइदा दिन्छ ।”

गाउँपालिकाले प्रदान गर्ने सुविधा पाउनका लागि शिशुको आमाबाबुले पनि गाउँपालिकासँगै छोरीको खातामा २० वर्षसम्म नै एक सयका दरले रकम जम्मा गर्नुपर्नेछ । यदि छोरी २० वर्षको हुँदासम्म ८ कक्षा पास नगरेमा, २० वर्ष उमेर नपुग्दै विवाह गरेमा गाउँपालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

छोराछोरी जुन जन्मे पनि दुई बच्चाका लागिमात्र सो सुविधा लागू हुनेछ । तेस्रो बच्चा भएपछि उज्यालो भविष्य बचतमा गाउँपालिकाले सहयोग नगर्ने भएकाले धेरै सन्तान वृद्धि हुनबाट समेत रोक्न सचेत गर्ने प्रमुख थापाले बताए ।

यही चैत महिनाभित्र सुत्केरी महिला २० वर्ष उमेरभन्दा कम भए पनि यो सुविधा पाउने र आगामी वर्षदेखि शिशुको मासिक बचत पाउनका लागि शिशुको आमासमेत २० वर्ष पुग्नुपर्ने गाउँपालिकाले सर्त बनाएको थापाले जानकारी दिए ।

“हामीले छोरीको बचत मात्रै हैन छोराछोरीको विभेद अन्त्यदेखि उमेर नपुग्दै विवाह गर्ने प्रचलनसमेत हटाउँछौँ”, थापाले भने । यो कार्यक्रमसँगै गाउँपालिकाले गर्भवती महिलाका लागि पोषिलो झोला कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाको पाँचवटै वडाभित्रका पाँच स्वास्थ्य चौकी र तीन सामुदायिक स्वास्थ्य इकाइमार्फत यो कार्यक्रम शुरु गरेको स्वास्थ्य शाखाप्रमुख पदमबहादुर पुनले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा पहिलोपटक गर्भवती जाँच गराउने सुत्केरी महिलालाई पोषिलो झोला प्रदान गरिएको छ । पोषिलो झोलामा आयोडिनयुक्त नुन, रायो, मूला, धनियाँ, सिमी, बोडीको बीउ राखिने गरेको छ ।

नियमित गर्भ जाँचमा प्रोत्साहन गरेर महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी बनाउन र खानपानमा हरिया सागपात, आयोडिनयुक्त खाना खानेलगायत परामर्शसमेत यस अवसरमा दिने गरेको स्वास्थ्य शाखाप्रमुख पुनको भनाइ रहेको छ । पोषिलो झोला कार्यक्रमबाट गर्भवती महिलाले लाभ लिइसकेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  २ : ४५ बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन