भारतमा विकसित भएको मौसमी प्रणालीले नेपालमा बदलीसँगै वर्षाको सम्भावना « Khabarhub

भारतमा विकसित भएको मौसमी प्रणालीले नेपालमा बदलीसँगै वर्षाको सम्भावना


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ ।

उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य र पूर्वका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् ।

सोमबारदेखि मौसममा क्रमिक सुधार आए पनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने उनले उल्लेख गरे। मौसमविद् बासीका अनुसार मौसमी प्रणाली भित्रिए पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने वृद्धि नहुने क्रमशः तापक्रम वृद्धि हुँदै जानेछ ।

काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि मौसम बदली भइ घाम नलागेका कारण बढी चिसो महसुस गरिएको छ । देशका पूर्व, मध्य र पश्चिम तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागे पनि आइतबार अपराह्नदेखि कुहिरो हटिसकेको मौसमविद् बासीले बताइन् । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १६.८ डिग्री सेल्सियस रहेको छ ।

शनिबार र अघिल्ला केही दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम दुईदेखि तीन डिग्रीको हाराहारीमा पुगे पनि घाम लागेका कारण चिसो कम भएको थियो । माघ महिनामा दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ४ : ०२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि