आन्तरिक राजश्व उठाउनेतर्फ सरकार क्रियाशीलः अर्थमन्त्री खतिवडा « Khabarhub

आन्तरिक राजश्व उठाउनेतर्फ सरकार क्रियाशीलः अर्थमन्त्री खतिवडा


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी आम्दानी हुने क्षेत्रमा ध्यान केन्द्रित गर्ने  बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले ७८औँ भन्सार दिवसका अवसरमा राजश्वको लक्ष्य पूरा गर्न अनावश्यक रुपमा सरकार नलाग्ने तर नियम कानूनको कार्यान्वयनमा भने कडा रुपमा प्रस्तुत हुने बताए । ु

उनले सरकार नियमसङ्गत तरिकाले नै अगाडि बढ्ने र कोही कसैलाई पनि दुःख दिने पक्षमा नरहेको स्पष्ट पारे ।

राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व भएको उल्लेख गर्दै उनले कोही कसैलाई दुःख दिने भन्दा सरकारले नीतिनियम र कानूनमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने बताए ।

सरकार भन्सार राजश्वभन्दा पनि आन्तरिक राजश्व उठाउनेतर्फ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “हाम्रो आन्तरिक राजश्व उठ्ने क्रम राम्रो छ, अन्तःशुल्क, भ्याट र आयकरको सङ्कलन राम्रो छ ।”

उनले व्यवसायीलाई विकृति हटाउन र सामानको गुणस्तरमा समेत ध्यान दिन आग्रह गर्दै तत्काल नै भन्सारको महसुल दर घटाउन नसकिने उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले आगामी दुई वर्षभित्रै नेपालको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने र कुनै कागजी काम नहुने बनाउने योजनामा सरकार लागेको जानकारी दिए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिएको र त्यसले राजश्व सङ्कलनदेखि व्यावहारिक समस्यासमेत समाधान भएको बताए ।

भन्सारलाई आधुनिकीकरणका लागि नीतिगत सुधारको प्रक्रिया पनि सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उनले प्राविधिक, संरचनागत एवम् कानूनी सुधारले व्यावसायिक क्षेत्रलाई थप सहज हुने धारणा राखे ।

हरेक वर्ष जनवरी २६ लाई विश्वभर अन्तरराष्ट्रिय भन्सार दिवसका रुपमा मनाउने गरिएको छ । विभागले कूल राजश्वको करीब ५० प्रतिशत राजश्व सङ्कलन गर्दै आएको तथ्याङ्क छ ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाका प्रतिनिधिले भन्सार प्रशासन सुधारोन्मुख रहे पनि त्यसको अनुभूति गर्न नपाएको गुनासो गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्र्सका प्रतिनिधिले भन्सार प्रशासनमा उल्लेख्य मात्रामा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले भन्सारमा सामानहरुको वर्गीकरण र मूल्याङ्कनमा समस्या रहेको गुनासो गरिन् । ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतीशकुमार मोरले ‘बल्क’ कार्गो आयातमा देखिएको समस्या निराकरण गर्न आग्रह गरे ।  नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई व्यवसायीमैत्री बनाउन र कारोवार बैंकिङ प्रणालीमा हुने वातावरण बनाउन सुझाव दिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : ०० बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच