जसले २ करोडको लागतमा फूलैफूलले सिंगारेका थिए पशुपतिनाथ मन्दिर « Khabarhub

जसले २ करोडको लागतमा फूलैफूलले सिंगारेका थिए पशुपतिनाथ मन्दिर


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– शिवरात्रि पर्व सकिए पनि यो वर्ष पशुपतिनाथ मन्दिरमा गरिएको साज-सज्जाको चर्चा सेलाएको छैन ।

शिवरात्रिको दिन भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न पुग्ने जो कोही श्रद्धालु भक्तजनले त्यहाँको सजावटप्रति निकै गर्ब गरे । फूलैफूलले सजाइएको पशुपतिनाथ परिसरलाई देखेर वाह ! नभन्ने कोही थिएनन् ।

फूलैफूलले सजाइएको पशुपतिनाथ शिवरात्रिका दिन सामाजिक सञ्जालमा चर्चामा रह्यो ।

शिवरात्रि सकिएको भोलिपल्ट नै त्यहाँका फूल चोरी भएपछि बाँदर प्रवृत्तिका मानिसहरुप्रति सामाजिक सञ्जालमा ब्यंग्य भयो । उनीहरुको निकै आलोचना समेत गरियो ।

यो सजावटलाई बाँदरबाट कसरी जोगाउने भन्ने मनसाय पालेको पशुपति क्षेत्र विकास कोषले मानिसबाट नै फूल जोगाउन सकेन । मान्छेको हात पुग्ने ठाउँसम्मका फूल चोरी भए । अघिल्लो दिनको सुन्दरता एक दिन नबित्दै कुरुप बन्यो ।

भलै फूलहरु चोरी भए पनि यो वर्षको शिवरात्रिलाई सुशोभित पार्ने काम कसले गरेको थियो ? मनमा प्रश्न उब्जिएको हुन सक्छ ।  यसरी पशुपतिनाथको साजसज्जा गर्ने काम भारतको मद्रासबाट आएका दुई जनाले करिब २ करोड रुपैयाँको लागतमा गरेका थिए ।

व्यापारी सञ्जीव छिब्बर र केके शर्माले पशुपतिनाथ मन्दिर सजाएका हुन्। यी दुई शिवभक्त मिलेर पशुपतिनाथ विशेषरुपमा सजाएर मन्दिर नै झिलीमिली पारेका थिए। उनीहरुले २ करोड रुपैयाँ खर्च गरी सम्पूर्ण सामग्रीको बन्दबस्तो र सजावटको काम आफै गरेका थिए ।

सञ्जीव छिब्बर भारतको ग्लेज ट्रेडिङ इन्डिया प्रालिका निर्देशक हुन् भने  केके शर्मा चेतन हन्डाका निर्देशक । उनीहरु मिलेर यसपालि पशुपतिनाथ मन्दिरलाई २ करोड बराबरका फूलले सजाए । उनीहरुले  कोरिया, अस्ट्रेलिया, थाइल्याण्ड र भारतको विभिन्न ठाँउबाट फूलहरु मगाएका थिए ।

अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको नियालगायत विभिन्न जात र रङका फूलहरु ल्याएर उनीहरुले पशुपति सजाउने काम गरेका थिए । फूल सजाउन डेढ सय भारतीय कामदार नेपाल आएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ३१ बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,