च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिख बिजयी | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिख बिजयी


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिगमा जर्मन क्लब बार्यन म्युनिखले चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो ।

चेल्सीको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्यनलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

हारसंगै चेल्सीको क्वार्टरफाईनल प्रवेशको सम्भावना कठिन बनेको छ ।

चेल्सीका मार्कोस एलान्सोले रातो कार्ड खादै मैदान बाहिरिएपछि चेल्सी खेलको अन्तिम ७ मिनेट १० खेलाडीमा सिमिति बनेको थियो ।

गन्ब्रीले ५१ औं मिनेटमा गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट लगत्तै गन्ब्रीले बार्यनको अग्रता दोब्बर बनाउने काम गरे ।

यस सिजन उत्कृष्ट फर्ममा रहेका रोबर्ट लेवान्डोस्कलिले ७६ औं मिनेटमा गोल गर्दै बार्यनलाई सहज जित दिलाए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : १७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र