तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि राष्ट्रपति भण्डारी आज धनगढी जाँदै « Khabarhub

तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि राष्ट्रपति भण्डारी आज धनगढी जाँदै


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार)बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने तय भएको छ ।

सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी  जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

सुदूर पश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सञ्चालन हुने महोत्सव एक सातासम्म जारी रहने छ ।

मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले महोत्सवको उद्घाटन गर्ने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

आजै दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खाने पानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । फागुन १६ गतेसम्म सुदूरपश्चिममा रहने कार्यक्रम अन्तर्गत राष्ट्रपति भण्डारी १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम तय भएको छ ।

दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई सोमबार नै जानकारी गराएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : ०६ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको