मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै | Khabarhub Khabarhub

मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गरिँदै


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ ।

जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पुर्‍याउने तयारी थालिएको हो ।

कार्यक्रमअनुसार आगामी एक वर्षभित्र प्रदेशका २५ हजार विपन्न परिवारका सदस्यले निःशुल्क सेवा प्राप्त गर्नेछन् भने प्रदेशका अन्य ७५ हजार नागरिकले न्यून शुल्कमा आफ्नो स्वास्थ्य परीक्षण गराउन पाउनेछन् ।

कतिपय अस्पतालले आजभोलिबाटै र केहीले एक हप्ताभित्रमा कार्यक्रम शुरु गरिसक्ने र आगामी चैतको पहिलो हप्ताबाट सबै नागरिकलाई सेवा दिनेगरी कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षदेखि परीक्षणका रूपमा प्रदेशका पाँच जिल्लाका पाँच अस्पतालबाट शुरु गरिएको कार्यक्रम अब चैतबाट भने प्रदेशका १३ जिल्लाका १५ अस्पतालबाट एकैसाथ शुरु गर्न लागिएको हो ।

कार्यक्रमको शुरुआती चरणमा जेष्ठ नागरिक, दलित, महिला, विपन्न तथा अल्पसङ्ख्यकका लागि सेवा दिइएको भए पनि आगामी दिनमा कार्यक्रमको दायरा फराकिलो बनाएर कार्यक्रम शुरु गर्न लागिएको हो ।

विशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सहज परीक्षण गरी समयमै उपचार गर्नका लागि सहजता होस् भन्ने उद्देश्यले प्रदेशका सम्पूर्ण नागरिकको पहुँच पुग्ने गरी कार्यक्रमलाई व्यापकरूपमा विस्तार गर्न लागिएको मन्त्री दुलाल बताउँछन् ।

नसर्ने रोगका बारेमा सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गरेर आफूमा भएका स्वास्थ्य समस्याका बारेमा समयमै जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

प्रदेशको हेटौँडा अस्पतालसहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निःशुल्क परीक्षण गर्ने र अन्य नागरिकलाई न्यून शुल्कमा स्वास्थ्य परीक्षण गर्नेगरी कार्यक्रम ल्याइएको मन्त्री दुलालले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ११ : ५७ बजे

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा 

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा

गोसाइँकुण्डका तीर्थयात्री फर्किन थाले

रसुवा– जनैपूर्णिमा  पर्वका अवसरमा स्नान तथा पूजाआजाका लागि पवित्र तीर्थस्थल

शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी : सभापति थापा

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर

एनपीएल अक्सन : ११ खेलाडी बिक्री हुँदा चितवन, सुदूरपश्चिम र विराटनगरले समान दुई-दुई खेलाडी भित्र्याए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अक्सनबाट हालसम्म