दिल्ली हिंसामा मृतकको संख्या २२ पुग्यो, केजरीवालले गरे सेना परिचालनको माग « Khabarhub

दिल्ली हिंसामा मृतकको संख्या २२ पुग्यो, केजरीवालले गरे सेना परिचालनको माग


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतको राजधानी दिल्लीमा भड्किएको हिंसाका क्रममा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमले बुधबार मारिनेमा भारतीय अनुसन्धान निकाय सीआईबीका एक अधिकारी समेत रहेको जनाएको छ । सीआईबीका सूचना सहायक अंकित शर्माको शव दिललीको हिंसाग्रस्त चन्दबाग क्षेत्रमा फेला परेको जनाइएको छ ।

प्रदर्शनका क्रममा सोमबार भारतीय प्रहरीका हेड कन्स्टेबल रतन लालको पनि ज्यान गएको थियो । उनलाई शहिद घोषणा गरिएको छ ।
बुधबार बेलुकीसम्म दिल्लीका ठाउँठाउँमा झडप भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतका छिमेकी मुलुकमा पीडित भइरहेको भनिएका हिन्दुहरुलाई समेत नागरिकता दिने विवादास्पद विधेयकको विरोध र समर्थनमा मानिसहरु सडकमा ओर्लिएका हुन् । प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडप भएको बताइएको छ । प्रदर्शनकारीले सडकमा राखिएका गाडी, पसलमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीले प्रदर्शन नियन्त्रणका लागि अश्रुग्यास, पानीको फोहोरा र लाठिचार्ज गरेको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि थप ८ हजार प्रहरीसहित अर्धसैनिक बल समेत परिचालन गरिएको छ । त्य

सबाहेक सरकारले ५ जना वरिष्ठ प्रहरी अधिकारी हेरफेर गरेको भारतीय सञ्चारमाध्यमले जारी गरेका समाचारमा जनाइएको छ । प्रशासनले प्रदर्शनबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रहरुमा कफ्र्यु समेत जारी गरेको छ ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति कायम गर्नका लागि आह्वान गरेका छन् । उनले ट्वीट गर्दै दिल्लीका दाजुभाई दिदीबहिनीहरुलाई शान्ति र भातृत्व कायम गरी अवस्थालाई सामान्य बनाउन आह्वान गरेका छन् ।

अर्कोतर्फ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको स्थिती नियन्त्रणका लागि सेना परिचालन गर्न केन्द्र सरकारसँग माग गरेका छन् । उनले प्रहरीले शान्ति व्यवस्था कायम गर्न नसकेको भन्दै सेना परिचालनको माग गरेका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : ०८ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत