हामीमा वास्तविक कुरालाई पनि फिल्ममा अवास्तविक बनाउन सक्ने खुबी छ: निखिल उप्रेती « Khabarhub

हामीमा वास्तविक कुरालाई पनि फिल्ममा अवास्तविक बनाउन सक्ने खुबी छ: निखिल उप्रेती


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता निखिल उप्रेती पछिल्लो समय फिल्म क्षेत्रमा खासै सक्रिय छैनन् । उनले केही केही फिल्म बनाउने घोषणा त गरे तर ती फिल्मको काम अगाडि बढेन ।

निखिलले नेपाली फिल्म उद्योगका बारेमा पनि बारम्बार अभिव्यक्ति दिइरहेका हुन्छन् । खासै मिडियामा नआउने निखिल पछिल्लो समय सार्वजनिक कार्यक्रममा पनि खासै देखिएका छैनन् । पुराना ढर्राका फिल्म बनाउने गरेका कारण पनि निखिलका फिल्म पछिल्लो समय खासै चलेनन् ।

निखिल भने यसलाई पनि एक फरक ‘कला’का रुपमा व्याख्या गर्छन् ।

खबरहबसँगको कुराकानीमा निखिलले भने, ‘विदेशीले कल्पना गरेको कुरालाई पनि फिल्ममा वास्तविक जस्तो बनाइदिन्छन्, हामी वास्तविकतालाई पनि हेर्दा होइन कि भन्ने बनाइदिन्छौं, यो पनि एउटा कला हो ।’

उनले पूर्ण वास्तविकतालाई कसरी अवास्तविक बनाउने भन्ने अरुले हामीबाट सिकेको प्रतिक्रिया दिए ।

दक्षिण भारतीय फिल्ममा सहायक भएर काम गरेका निखिलले दक्षिण भारतीय फिल्म उद्योगमा उच्च संस्कार रहेको बताए । उनले त्यहाँ दर्शक, फिल्ममेकर र कलाकार शालीन हुने गरेको प्रतिक्रिया दिए ।

‘त्यहाँ संस्कार र शालीन छ, दक्षिण भारतीय फिल्मका हिरोहरु पनि यति संस्कार हुन्छन् कि, लाग्छ, हामी बिकेका छौं, खै त हामी झुकेको ?,’ निखिलले भने, ‘दक्षिण भारतीय फिल्मको मार्केट विश्वमै छ, ती फिल्म हावादारी लाग्छन्, फिल्ममा हिरो भनेको हिरो नै हो, त्यसैले त मार्केट बढाएको छ ।’

बलिउड फिल्म जगत पनि पछिल्लो समय दक्षिण भारतीय फिल्मबाट डराउनुपर्ने अवस्था आएको उनको धारणा थियो । साथै उनले नेपालको सन्दर्भमा भने दक्षिण भारतीय फिल्मजस्ता फिल्म बनाउन खोज्ने हो भने समीक्षकले गाली गर्ने बताए ।

‘हामीले त्यस्ता फिल्म बनायो भने समीक्षकले गाली गर्छन् । कुनै पनि चीजलाई चलाउन सकिन्छ तर यहाँ ढोँगी छन्,’ उनले भने ।

केही वर्षयता दक्षिण भारतीय फिल्मले नेपालमा पनि प्रभाव पार्न थालेको छ । पछिल्लो समय युट्युबमा अपलोड गरिएका दक्षिण भारतीय फिल्महरु नेपालमा पनि खुबै हेरिन्छन् । अर्कातिर नेपाली फिल्मले भने दर्शक गुमाउँदै गएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ०८ बजे

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा