हामीमा वास्तविक कुरालाई पनि फिल्ममा अवास्तविक बनाउन सक्ने खुबी छ: निखिल उप्रेती « Khabarhub

हामीमा वास्तविक कुरालाई पनि फिल्ममा अवास्तविक बनाउन सक्ने खुबी छ: निखिल उप्रेती


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता निखिल उप्रेती पछिल्लो समय फिल्म क्षेत्रमा खासै सक्रिय छैनन् । उनले केही केही फिल्म बनाउने घोषणा त गरे तर ती फिल्मको काम अगाडि बढेन ।

निखिलले नेपाली फिल्म उद्योगका बारेमा पनि बारम्बार अभिव्यक्ति दिइरहेका हुन्छन् । खासै मिडियामा नआउने निखिल पछिल्लो समय सार्वजनिक कार्यक्रममा पनि खासै देखिएका छैनन् । पुराना ढर्राका फिल्म बनाउने गरेका कारण पनि निखिलका फिल्म पछिल्लो समय खासै चलेनन् ।

निखिल भने यसलाई पनि एक फरक ‘कला’का रुपमा व्याख्या गर्छन् ।

खबरहबसँगको कुराकानीमा निखिलले भने, ‘विदेशीले कल्पना गरेको कुरालाई पनि फिल्ममा वास्तविक जस्तो बनाइदिन्छन्, हामी वास्तविकतालाई पनि हेर्दा होइन कि भन्ने बनाइदिन्छौं, यो पनि एउटा कला हो ।’

उनले पूर्ण वास्तविकतालाई कसरी अवास्तविक बनाउने भन्ने अरुले हामीबाट सिकेको प्रतिक्रिया दिए ।

दक्षिण भारतीय फिल्ममा सहायक भएर काम गरेका निखिलले दक्षिण भारतीय फिल्म उद्योगमा उच्च संस्कार रहेको बताए । उनले त्यहाँ दर्शक, फिल्ममेकर र कलाकार शालीन हुने गरेको प्रतिक्रिया दिए ।

‘त्यहाँ संस्कार र शालीन छ, दक्षिण भारतीय फिल्मका हिरोहरु पनि यति संस्कार हुन्छन् कि, लाग्छ, हामी बिकेका छौं, खै त हामी झुकेको ?,’ निखिलले भने, ‘दक्षिण भारतीय फिल्मको मार्केट विश्वमै छ, ती फिल्म हावादारी लाग्छन्, फिल्ममा हिरो भनेको हिरो नै हो, त्यसैले त मार्केट बढाएको छ ।’

बलिउड फिल्म जगत पनि पछिल्लो समय दक्षिण भारतीय फिल्मबाट डराउनुपर्ने अवस्था आएको उनको धारणा थियो । साथै उनले नेपालको सन्दर्भमा भने दक्षिण भारतीय फिल्मजस्ता फिल्म बनाउन खोज्ने हो भने समीक्षकले गाली गर्ने बताए ।

‘हामीले त्यस्ता फिल्म बनायो भने समीक्षकले गाली गर्छन् । कुनै पनि चीजलाई चलाउन सकिन्छ तर यहाँ ढोँगी छन्,’ उनले भने ।

केही वर्षयता दक्षिण भारतीय फिल्मले नेपालमा पनि प्रभाव पार्न थालेको छ । पछिल्लो समय युट्युबमा अपलोड गरिएका दक्षिण भारतीय फिल्महरु नेपालमा पनि खुबै हेरिन्छन् । अर्कातिर नेपाली फिल्मले भने दर्शक गुमाउँदै गएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ०८ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि