पायल्सका बिरामीले भुलेर पनि खानु हुदैन यी ६ चिज | Khabarhub Khabarhub

पायल्सका बिरामीले भुलेर पनि खानु हुदैन यी ६ चिज


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसहरु पायल्सबाट पीडित छन् । तर पायल्स भएकाहरुले आफ्नो समस्यालाई खुलेर अरुलाई भन्न सक्दैनन् ।

विशेष खानपान र जीवनशैलीका कारण हुने मानिसहरु पायल्सको समस्या भोग्न बाध्य छन् । कसरी कम गर्न सकिन्छ पायल्स र यसबाट बच्ने उपाय के हो ?

१. मसलेदार खाना नखाने

अत्यधिक तेल वा मसला भएको खाना खानु हुदैन । यो पायल्सका बिरामीलाई सबैभन्दा ठुलो समस्या निम्त्याउने कारण हो । पहिल्यैदेखि पायल्सको समस्या हुनेहरुलाई यस्ता खानाले समस्या झन् बढाउछ । साथै खुर्सानी पनि खानु हुदैन ।

२. फास्टफूड नखाने

पायल्सबाट पीडितहरुले सकेसम्म फास्टफुड खानबाट बच्नुपर्छ । फास्टफुड खानुको साटो बरु फलफुल, बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खाउ यसले समस्या कम गर्छ ।

३. राजमा र मुसुरोको दाल नखाने

राजमा वा मुसुरोको दाल पायल्सबाट पीडित मानिसले खानुहुँदैंन । राजमा वा मुसुरो दालले पायल्स रोगीलाई नराम्रो असर पार्दछ ।

४. घिउ

पायल्स रोगीले घिउ खानु हुदैन । यसले झन् समस्या बढाउने गर्दछ । तर सन्तुलित मात्रामा घरमै बनेको घिउ थोरै सेवन गर्दा केहि असर भने पार्दैन ।

५. चिसो कोल्ड ड्रिंक्स

पायल्सका बिरामीले चिसो कोल्ड ड्रिंक्स खानु हुदैन । यसका अलावा चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज समेत सेवन गर्नुहुँदैंन । सकेसम्म घरमै बनेको खाना खानुपर्छ ।

६. मांसाहारी भोजन

पायल्सका बिरामीले सकेसम्म मांसाहारी भोजन गर्नु हुदैन । पायल्स भएमा माछामासुलाई छुदै नछुनु नै उत्तम हुन्छ । अन्यथा यसले झन् पिरोल्ने गर्दछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : ३६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस