कोरोनाभाइरसः इटालीमा एकै दिन ६८३ जनाको मृत्यु, ज्यान गुमाउनेको स‌ंख्या ७ हजार ५ सय नाघ्यो « Khabarhub

कोरोनाभाइरसः इटालीमा एकै दिन ६८३ जनाको मृत्यु, ज्यान गुमाउनेको स‌ंख्या ७ हजार ५ सय नाघ्यो


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय सबैभन्दा बढी इटालीमा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । ७४ हजार ३ सय ८६ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ९ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् भने ५७ हजार  ५ सय २१ जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ४ सय ८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका देश र क्षेत्रहरुगरी १ सय ९८ स्थानमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ८१ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ०४ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई