अमेरिकामा एकै दिन १० हजार ७ सय बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा एकै दिन १० हजार ७ सय बढीमा कोरोना भाइरसको संक्रमण


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीब्र गतिमा देखिएको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ५१ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या हालसम्म ९ सय ३१ पुगेको छ ।

हालसम्म अमेरिकामा ६५ हजार ६ सय ५२ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १० हजार ७ सय ९६ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा ३ सय ९४ जना उपचारपछि निको भएका छन् भने ६४ हजार ३ सय २७ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुककमा गम्भीर अवस्थामा देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका देश र क्षेत्रहरुगरी १ सय ९८ स्थानमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ८१ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण विश्वभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : २९ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र