पाकिस्तानमा ३ पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि « Khabarhub

पाकिस्तानमा ३ पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पाकिस्तानका न्‍यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले जनाएको छ ।

उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए।

यता, टीभ च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, ‘हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौ। उनीहरुलाई पनि व्‍यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौ। हामी यसबारेमा पुरै तयारीका साथ लागेका छौ।’

यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताएका छन्।

यस्तै पाकिस्तान पत्रकार महासंघका अध्‍यक्ष सिद्धिकी अन्जरले भनेका छन्, ‘ प्राय अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड नै समाचारहरु सम्प्रेषण गरिहरेका छन्।हामीले सरकारसँग उनीहरुको उपचारको जिम्‍वारी लिन आग्रह गरेका छौ।’

उनले पत्रकारहरु काम गर्न सानो शहरमा जानु पर्ने र काम गरेबापतको तलब नपाउने गरेको गुनासो गरेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : २९ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको