प्रदेश १ मा पनि थालियो कोरोनाको परीक्षण | Khabarhub Khabarhub

प्रदेश १ मा पनि थालियो कोरोनाको परीक्षण


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना भाइरस परीक्षण हुने भएको छ । प्रदेश सरकारले भारतबाट कोरोना भाइरस परीक्षण गर्ने रसायन ल्याएपछि परीक्षण सम्भव हुने भएको हो ।

टेकुमा रहेको शुक्रराज ट्रपिकल हस्पिटलमा मात्र यसको परीक्षण हुने भएकोले हवाईजहाज बन्द भएपछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परीक्षण गर्न काठमाडौँ लानुपर्ने बाध्यता थियो । सामाजिक विकासमन्त्री जीवन घिमिरेको अग्रसरतामा प्रदेश सरकारले केमिकल ल्याएको हो ।

विश्वमै कोरोना भाइरस परीक्षण गर्ने रसायनको अभाव भएको अवस्थामा लगभग १ हजार ५ सय जनालाई पुग्ने रसायन ल्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ल्याइएको रसायन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बुझाइएको छ।

केन्द्रीय प्रयोगशालासँग समन्वय गरेर दुई दिनभित्र नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाइरस ल्याव परीक्षण सुरु हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : १६ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार