प्रदेश १ मा पनि थालियो कोरोनाको परीक्षण « Khabarhub

प्रदेश १ मा पनि थालियो कोरोनाको परीक्षण


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना भाइरस परीक्षण हुने भएको छ । प्रदेश सरकारले भारतबाट कोरोना भाइरस परीक्षण गर्ने रसायन ल्याएपछि परीक्षण सम्भव हुने भएको हो ।

टेकुमा रहेको शुक्रराज ट्रपिकल हस्पिटलमा मात्र यसको परीक्षण हुने भएकोले हवाईजहाज बन्द भएपछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परीक्षण गर्न काठमाडौँ लानुपर्ने बाध्यता थियो । सामाजिक विकासमन्त्री जीवन घिमिरेको अग्रसरतामा प्रदेश सरकारले केमिकल ल्याएको हो ।

विश्वमै कोरोना भाइरस परीक्षण गर्ने रसायनको अभाव भएको अवस्थामा लगभग १ हजार ५ सय जनालाई पुग्ने रसायन ल्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ल्याइएको रसायन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बुझाइएको छ।

केन्द्रीय प्रयोगशालासँग समन्वय गरेर दुई दिनभित्र नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाइरस ल्याव परीक्षण सुरु हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : १६ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन