नयाँ सङ्क्रमित भेटिएपछि थप रणनीतिमा सरकार | Khabarhub Khabarhub

नयाँ सङ्क्रमित भेटिएपछि थप रणनीतिमा सरकार


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ ।

कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप रणनीति अपनाउन लागिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले अपनाइएको रणनीतिलाई थप मजबुत बनाउँदै लगिने बताएका छन् । बुधबार खाडी मुलुकबाट आएका एक जनामा नमूना परीक्षणका क्रममा कोभिड–१९ पोजिटिभ देखिएको हो ।

यसअघि फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजिटिभ देखिएको हो । उनीहरु दुवैको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । यसअघि चीनबाट आएका एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि निको भएको थियो ।

उनका अनुसार पहिलो रणनीतिमा अहिले बाहिरबाट मानिसलाई अत्यन्त व्यवस्थित गरेर होम क्वारेन्टाइनमा राख्ने र त्यसबाट अरुलाई सार्न नदिने तथा क्वारेन्टाइनमा बसेकालाई केही समस्या परेमा तिनको उपचार सरकारले गर्छ ।

डा. देवकोटाले विदेशबाट आएका सबैको परीक्षण गर्न जरुरी छैन भन्दै सबै आ–आफ्ना घरमा बसे भने सङ्क्रमण फैलिन नपाउने बताए । ‘विदेशबाट आएका सबै न सङ्क्रमित हुनुहुन्छ न त नमूना परीक्षण जरुरी रहेको छ । उनीहरु आफ्नै घरमा एक्लै बसून् भनेर लकडाउन गरिएको हो’, उनले भने, ‘विदेशबाट आएकाको लक्षण देखियो भने आइसोलेशनमा राखेर परीक्षण गर्ने हो ।’

उनले अझै पनि कोभिड–१९ पोजिटिभ देखिन सक्ने बताए । ‘कोभिड–१९ पाजिटिभ देखिन सक्छ भनेर नै हामी तयारी अवस्थामा बस्नका लागि लकडाउन गरिएको हो । देखिएकोलाई सरकारले उपचार गर्ने र बाँकी घरघरमा बस्ने हो’, उनले भने ।

कोभिड–१९ पोजिटिभ बढ्दै गए भने अस्पतालमा तयारीलाई तीव्रता दिइने बताउँदै डा देवकोटाले अस्पतालमा सघन उपचार कक्ष थप गरेर सङ्क्रमितको उपचार गरिने जानकारी दिए । उनका अनुसार अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा थप १० सघन उपचार कक्ष निर्माण शुरु गरिएको छ ।

यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा भवनमा र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताललाई पनि छुट्टै कोरोनाका बिरामी राख्नका लागि अस्पताल बनाउन थालिएकाले अहिले देखिएका समस्या समाधान गर्न सकिने उनको भनाइ थियो ।

उनका अनुसार अहिलेको शुक्रराज अस्पतालमा एक हप्तामा चार हजार जनाको नमूना परीक्षण गर्न सक्ने क्षमता छ । सरकारले खरिपाटीमा एक हजार शय्या निर्माण गर्ने निर्णयको कार्यान्वयन हुँदैछ । निजी अस्पताल पनि छुट्टै भवन दिन सक्ने बनाउन मन्त्रालयले चिठी पठाएकाले बिरामी राख्न समस्या नहुने उनको भनाइ थियो ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोरोना भाइरस रोकथाम गर्न केही चुनौतीसमेत रहेको बताए । कतिपय अस्पतालले बिरामीको नमूना नै परीक्षण नगरी फर्काउने (रिफर) गर्ने गरेकाले केही चुनौती थपिएको उनको धारणा थियो । ‘यदि सम्भावित सङ्क्रमित हो भने आइसोलेशनमा राख्नुपर्छ’, उनले भने, ‘ तर अस्पतालले आइसोलेशनमा नराखेर रिफर गर्ने गरेका छन् । त्यस्तो गर्न मिल्दैन । अस्पतालको आफ्नै आइसोलेशन वार्डमा त्यस्ता सङ्क्रमितलाई राख्नुपर्छ ।’

विश्वव्यापी सामग्रीको सङ्कट भएका बेला व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) केही अस्पतालले आफैं बनाइरहेको समेत उनले जानकारी दिँदै लुकाइएका सामग्री आफूहरुले खोजी गरिहेको बताए । ‘जे जति छ, त्यो हामीलाई दिनुहोस् । लुकाउन पाइँदैन’, उनले भने, ‘लुकाएको थाहा पाए हामी खोज्छौं ।’ उनले अपुग सामग्री चीनबाट ल्याउने प्रक्रिया रहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : २४ बजे

संसदीय समितिको निष्कर्ष- कानुनी परिबन्दमा पारेर जीबी राई अरुको सम्पत्ति र कम्पनी हत्याउँथे

काठमाडौं- ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष

रवि प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा भित्रियो सहकारीको १७ करोड (बयानको पूर्णपाठ)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीहरूबाट गोर्खा मिडिया

राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त

नीजि क्षेत्रका निराशालाई अन्त्य गर्ने मन्त्री भण्डारीको प्रतिवद्धता 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई

हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चर इजरायलको निशानामा 

काठमाडौं– इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको