कोरोनाको बढ्दो त्रासको बेला यौन सम्पर्क र चुम्बन कति सुरक्षित ? यस्तो छ डाक्टरको सुझाव « Khabarhub

कोरोनाको बढ्दो त्रासको बेला यौन सम्पर्क र चुम्बन कति सुरक्षित ? यस्तो छ डाक्टरको सुझाव


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस मानिसको कपालको टुप्पाको भन्दा लगभग ९ सय गुण सानो जीवाणु हो ।

त्यसैले स्वास्थ्य सर्तकतामा सानो चुक गरे पनि कोरोनाको संक्रमण हुने जोखिम उच्च रहन्छ । चिकित्सकका अनुसार कोरोनाको संक्रमण फैलने कारणहरु धेरै प्रकारका हुने गरेका छन् ।

ती मध्ये प्रमुख कारण यी हुन् :

१. चिकित्सकका अनुसार कोरोना संक्रमितको सम्पर्कमा जाने वा नजिक हुने ब्यक्तिमा कोरोना सर्ने जोखिम हुन्छ । तर संक्रमित भन्दा एक मिटर टाढा रहने मानिस वा अरुले खोक्दा, हाच्छ्यु गर्दा वा थुकको छिटा नपर्ने गरी टाढा बसिएको छ भने कोरोना सर्दैन ।

२. बारम्बार आफ्नो अनुहारमा हातमा लैजाने मानिसमा पनि कोरोनाको संक्रमण हुने खतरा उच्च हुन्छ ।

३. रोगप्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण हुने खतरा हुन्छ । साथै वृद्ध उमेर भएका वा रोगले ग्रसितमा पनि यो रोग सर्ने संभावना हुन्छ ।

४. बस, ट्याक्सि, इरिक्सा लगायतका सार्वजनिक सवारी वा अन्य स्थलबाट कोरोना भाइरस सर्ने खतरा उच्च हुन्छ । त्यसैले यस प्रकारको स्थल वा साधनमा यात्रा नगर्नु र सकेसम्म घरभित्रै बस्नु उत्तम हुन्छ ।

५. मन्दिर, पार्टि प्यालेस, कपाल काट्ने स्थल, होटल, सिनेमाघर लगायतका क्षेत्रमा जादाँ पनि कोरोना सर्ने संभावना हुन्छ ।

६. कुनै पनि संक्रमित मानिसले छोएको वा खोक्दा, हाच्छ्यु गर्दा थुक लागेको सतह छोएमा पनि कोरोनाको संक्रमण हुने जोखिम उच्च रहन्छ ।

७. विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस सेक्सुअल ट्रान्समिटेड रोग होइन । तसर्थ यौनसम्पर्क गर्दैमा यो रोग सर्छ भन्ने हुदैन । तर संक्रमित ब्यक्तिसंग चुम्बन गरेमा कोरोना सर्ने संभावना उच्च रहन्छ । लाइफव्यारीबाट

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : ३७ बजे

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति

राष्ट्रिय हितमा सरकारलाई सहयोग हुने छ : सांसद आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले राष्ट्रिय हितको विषयमा सरकारलाई सहयोग

रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सरकारलाई रचनात्मक