‘लकडाउन’मा पाशुपत क्षेत्र : गेटबाटै ढोगेर फर्किन्छन् भक्तजन « Khabarhub

‘लकडाउन’मा पाशुपत क्षेत्र : गेटबाटै ढोगेर फर्किन्छन् भक्तजन

दैनिक ८ जना भेला भएर नित्यपूजा



काठमाडौं – विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गराउन सरकारले देशव्यापी रुपमै ‘लकडाउन’को आदेश जारी गरेको छ ।

‘लकडाउन’को आदेश जारी गरेसँगै अहिले देशभरका मठ – मन्दिर प्रायः सुनसान छन् ।

दैनिकजसो नित्यपूजा साथै आरती पूजा र दर्शनार्थीको भीड लाग्ने काठमाडौंस्थित पशुपतिनाथ मन्दिर ‘लकडाउन’सँगै सुनसान बन्दै गएको छ ।

तर कतिपय व्यक्तिहरु, जो भगवानप्रति आस्था राख्दछन्, ती व्यक्तिहरु अहिले पनि मन्दिर जान छोडेका छैनन् ।

उनीहरु दर्शनका लागि पशुपतिनाथ प्रवेश गर्ने र मन्दिरको प्राङगण बाहिरको गेटबाटै ढोगेर फर्किरहेको अवस्था छ ।

मन्दिर दर्शनका लागि भक्तजनको उपस्थिती नहोस् भनेर केही दिनअघि नै पशुपति क्षेत्र विकास कोषले सार्वजनिक रुपमै सूचनासमेत जारी गरेको थियो ।

सरकारले २५ जनाभन्दा बढी मानिसहरु भेला नहुनआग्रह गरेसँगै कोषले दैनिक रुपमा साँझ हुने आरती समेत स्थगित गरिसकेको थियो ।

तर सोमवार सरकारले ‘लकडाउन’ नै घोषणा गरेपछि कोषले सरकारको घोषणा अनुरुप कार्य गरिरहेको जनाएको छ ।

यससँगै अहिले पशुपति परिसरमा मानिसहरुको आवगमन छ कि छैन भन्नेबारे कडा निगरानी भइरहेको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले खबरहबलाई जानकारी दिए ।

उनकाअनुसार ‘लकडाउन’को समयमा पनि नियमित रुपमा गरिने नित्यपूजा भने चलिरहेको छ ।

‘नित्यपूजाका क्रममा सहभागी हुने भक्तजनलाई प्रवेश निषेध गराइएको छ,’ उनले भने, ‘पूजा गर्ने व्यक्तिहरु मात्र प्रवेश गरिरहेका छन् ।’

प्रवक्ता ढुंगानाकाअनुसार अहिले मूल भट्ट, भट्ट र भण्डारी बसेर नित्यपूजा गरिरहेका छन् ।

‘३ जना भट्ट र ३ जना भण्डारी गरी ६ जना हुनुहुन्छ’ ढुंगानाले भने, ‘त्यसबाहेक ब्रह्माण र नित्यपूजाका लागि सहयोग गर्ने कर्मचारी सहभागि हुन्छन् ।’

कोरोना भाइरसको संक्रमणको त्रास जबदेखि फैलियो तबदेखि नै पशुपति क्षेत्र परिसरमा हात धुने व्यवस्था समेत मिलाइएको र ठाउँठाउँमा सेनिटाइजरको पनि व्यवस्था गरिएको उनले बताए ।

आवश्यक व्यक्ति मात्र मलामीमा आउन आग्रह

कोषले शव लिएर आर्यघाटमा प्रवेश गर्ने मानिसहरु (मलामी) जतिसक्दो कम संख्यामा आउन आग्रह गरेको छ ।

‘शव लिएर आउँदा मलामीको संख्या कम होस् भनेर हामीले अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘अहिले संख्यात्मक रुपमा कम पनि हुँदै गइरहेको छ ।’

विद्युतीय शवदाह गृह भित्र बन्द ठाउँ (शवघाट) मा ७ जना मात्र प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

मलामीका रुपमा आउनेहरु पनि चाहिने व्यक्तिहरु मात्र आउनुपर्छ भनेर कोषले आग्रह गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ९ : ११ बजे

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक