फेरी सर्‍यो मेलम्चीको आयोजनाको कामको भाका, अब दशैंअघि काम नसकिने « Khabarhub

फेरी सर्‍यो मेलम्चीको आयोजनाको कामको भाका, अब दशैंअघि काम नसकिने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनेकौं कारण देखाउँदै मेलम्ची खानेपानी आयोजनाको काममा भाका सार्दै आएका सरकारले फेरी पनि भाका सारेको छ ।

खानेपानी मन्त्री बीना मगरले दशैंअघि मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएको एक साता नबित्दै मेलम्ची खानेपानी आयोजनाले यसअघि निर्धारित समयावधिमा मेलम्चीको काम नसकिने जनाएको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि आयोजनाको काम पनि ठप्प भएकाले दशैंअघि मेलम्चीको पानी काठमाडौंमा नआउने आयोजनाले प्रष्ट्याएको छ ।

मुलुक लकडाउनमा गएपछि सबै काम ठप्प भएकाले पूर्बनिर्धारित समयावधिमा काम हुन नसक्ने आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

एक साताअघि मात्रै मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएपछि यसपटक आउँदो दशैंभित्र मेलम्चीको पानी काठमाडौंमा आउने अपेक्षा गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : १९ बजे

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा