फेरी सर्‍यो मेलम्चीको आयोजनाको कामको भाका, अब दशैंअघि काम नसकिने « Khabarhub

फेरी सर्‍यो मेलम्चीको आयोजनाको कामको भाका, अब दशैंअघि काम नसकिने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनेकौं कारण देखाउँदै मेलम्ची खानेपानी आयोजनाको काममा भाका सार्दै आएका सरकारले फेरी पनि भाका सारेको छ ।

खानेपानी मन्त्री बीना मगरले दशैंअघि मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएको एक साता नबित्दै मेलम्ची खानेपानी आयोजनाले यसअघि निर्धारित समयावधिमा मेलम्चीको काम नसकिने जनाएको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि आयोजनाको काम पनि ठप्प भएकाले दशैंअघि मेलम्चीको पानी काठमाडौंमा नआउने आयोजनाले प्रष्ट्याएको छ ।

मुलुक लकडाउनमा गएपछि सबै काम ठप्प भएकाले पूर्बनिर्धारित समयावधिमा काम हुन नसक्ने आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

एक साताअघि मात्रै मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएपछि यसपटक आउँदो दशैंभित्र मेलम्चीको पानी काठमाडौंमा आउने अपेक्षा गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : १९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि