लकडाउनका कारण गाईवस्तुलाई दानाको अभाव « Khabarhub

लकडाउनका कारण गाईवस्तुलाई दानाको अभाव


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो ।

पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो । नागार्जुन नगरपालिका–६ स्युचाटारमा मुखिया कृषि फार्म सञ्चालन गर्दै आउनुभएका नम्रता राउत कहाँ बुधबार नै पराल सकिएको छ । पराल काटेर बनाएको भुसा लकडाउन हुनुअघि एक बोरा ४५० रुपैयाँमा पाइन्थ्यो । अहिले ६०० रुपैयाँमा पनि पाउन छाडेको छ । केहीले एक बोरा भुसा १ हजारमा समेत किन्ने गरेका छन्, त्यो पनि पाइँदैन् ।

‘बुधबार ६ बोरा भुसा ल्याएकी थिएँ, आजै सकिने अवस्था छ, अब गाईलाई के खुवाउने ?’ राउतले पीडा सुनाए । उनको फार्ममा २५ गाई छन् । गाई कसरी बचाउने भन्ने चिन्ताले राउतलाई सताएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–२९ अनामनगरमा २१ गाई पालिरहनुभएका भोजराज कार्कीको पनि राउतको जस्तै अवस्था भएको छ । बालाजु औद्योगिक क्षेत्रबाट ल्याउने गरिएको दाना तीन दिनदेखि बन्दका कारण ल्याउन नसकिएको उनले बताए । ‘तराईबाट पराल समेत ल्याउन नसक्दा अब के गर्ने भन्ने पिरलो भएको छ,’ कार्कीले भने । दानाको अभाव भएपछि राजधानीका विभिन्न तरकारी बजारबाट बासी तरकारी किनेर खुवाउने गरेको कार्कीले बताए ।

‘अहिले तरकारी बजार सबै बन्द छन् । गाईलाई खुवाउने जोहो गर्न अब कुनै विकल्प छैन,’ उनले भने । कार्कीको फार्ममा अनामनगर, घट्टेकुलो, बानेश्वरलगायत ठाउँबाट सर्वसाधारण दैनिक बिहान र बेलुका दूध किन्न आउने गरेका थिए । ती सबै अब आउन छाडेको कार्कीले बताए ।

यसैगरी चाङ्गुनारायण नगरपालिका–९ सरस्वतीखेलमा ‘हाम्रो डेरी तथा कृषि फार्म हाउस’ चलाउँदै आउनुभएका दीपक बुढाथोकी दाना र भुसाको मूल्य अत्यधिक वृद्धि भएपछि गाईपालन गर्न समस्या भएको बताए । यो समस्या उनको मात्र होइन, राजधानीका तीनवटै जिल्लामा रहेका सयौँ गाई, बाख्रा र र्भैँसी फार्म सञ्चालकको हो ।

लकडाउनका कारण दाना आपूर्ति गर्न असहज भएपछि गाईवस्तु बचाउन उनीहरुलाई समस्या भएको छ । बुधबार सरकारले कुखुराको दाना बोक्ने सवारीसाधनलाई निर्वाध रुपमा चलाउन दिने निर्णय गरेको थियो । यस्तै व्यवस्था आफूहरुको हकमा पनि गर्नुपर्ने गाई, भैँसी र बाख्रापालन गर्ने किसान तथा व्यवसायीको माग छ ।

कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले नीतिगतरूपमा गाईवस्तुका लागि दाना ढुवानी गर्न समस्या नभएको बताए । ‘दाना ढुवानी गर्न सरकारले छुट दिएको छ, रोकेको छैन,’ उनले भने । दानाबाहेक पराल, घाँस, भुसालगायत वस्तु ढुवानीका लागि सवारी साधनलाई सञ्चालन गर्न छुट दिने विषयमा स्थानीय प्रशासनका तर्फबाट केही समस्या आएको सुन्नमा आएको र यसबारे गृह मन्त्रालयसित छलफल गरिने उनले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ११ : ४८ बजे

राष्ट्रपति कार्यालयद्वारा बालेन्द्र नेतृत्वको मन्त्रिपरिषद् सूची सार्वजनिक

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार

बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका