अलपत्र परेका पर्यटकलाई तारा र बुद्धको जहाजबाट काठमाडौं ल्याई क्वारेन्टाइनमा राखिने « Khabarhub

अलपत्र परेका पर्यटकलाई तारा र बुद्धको जहाजबाट काठमाडौं ल्याई क्वारेन्टाइनमा राखिने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउनका कारण अलपत्र परेका पर्यटकलाई आजदेखि हवाइ यातायातबाट उद्धार गर्ने तयारी गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधबार पर्यटकलाई उद्धार गरी आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेसँगै उद्दार सुरु गरिएको हो ।

उद्धारगरी ल्याइएका पर्यटकहरुलाई काठमाडौंमा ल्याई होटलमा क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा मार्च महिनासम्म हवाइ मार्गबाट आएका तर अध्यागमनको रेकर्डअनुसार स्वदेश फर्किन बाँकी विदेशीहरुको संख्या करिब १० हजार छ । तीमध्ये धेरै पर्यटक रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकको उद्धारको लागि दुई जहाजले अनुमति लिएको बताएको छ ।

विदेशी नागरिकलाई उद्धार गर्नको लागि बुद्ध एयरले काठमाडौं–पोखरा– काठमाडौंको लागि आनुमति मागेको छ भने तार एयरले पनि काठमाडौं–लुक्ला–काठमाडौं उडानको लागि अनुमति लिएको छ ।

पोखरा, मुस्ताङ घुम्न गएका पर्यटकलाई बुद्ध एयरमार्फत काठमाडौं आउँदै छन् भने सगरमाथा क्षेत्रमा गएका पर्यटकलाई तारा एयरमार्फत उद्धार हुँदै छ ।

सरकारले उद्धार गरेर काठमाडौं ल्याएका पर्यटकले होटलमा बसेको खर्च भने आफैँ व्यहोर्नुपर्नेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : ३५ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी