अलपत्र परेका पर्यटकलाई तारा र बुद्धको जहाजबाट काठमाडौं ल्याई क्वारेन्टाइनमा राखिने « Khabarhub

अलपत्र परेका पर्यटकलाई तारा र बुद्धको जहाजबाट काठमाडौं ल्याई क्वारेन्टाइनमा राखिने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउनका कारण अलपत्र परेका पर्यटकलाई आजदेखि हवाइ यातायातबाट उद्धार गर्ने तयारी गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधबार पर्यटकलाई उद्धार गरी आफ्नो देश फर्किन सहजीकरण गर्ने निर्णय गरेसँगै उद्दार सुरु गरिएको हो ।

उद्धारगरी ल्याइएका पर्यटकहरुलाई काठमाडौंमा ल्याई होटलमा क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा मार्च महिनासम्म हवाइ मार्गबाट आएका तर अध्यागमनको रेकर्डअनुसार स्वदेश फर्किन बाँकी विदेशीहरुको संख्या करिब १० हजार छ । तीमध्ये धेरै पर्यटक रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकको उद्धारको लागि दुई जहाजले अनुमति लिएको बताएको छ ।

विदेशी नागरिकलाई उद्धार गर्नको लागि बुद्ध एयरले काठमाडौं–पोखरा– काठमाडौंको लागि आनुमति मागेको छ भने तार एयरले पनि काठमाडौं–लुक्ला–काठमाडौं उडानको लागि अनुमति लिएको छ ।

पोखरा, मुस्ताङ घुम्न गएका पर्यटकलाई बुद्ध एयरमार्फत काठमाडौं आउँदै छन् भने सगरमाथा क्षेत्रमा गएका पर्यटकलाई तारा एयरमार्फत उद्धार हुँदै छ ।

सरकारले उद्धार गरेर काठमाडौं ल्याएका पर्यटकले होटलमा बसेको खर्च भने आफैँ व्यहोर्नुपर्नेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १ : ३५ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद