कृति सेनन भन्छिन् – खासमा यो अफवाह साँच्चिकै भइदिए… « Khabarhub

कृति सेनन भन्छिन् – खासमा यो अफवाह साँच्चिकै भइदिए…


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनका महिला फ्यान बढी छन् । त्यसमा कैयन् बलिउड अभिनेत्रीहरु पनि पर्छन् । कति अभिनेत्रीहरु ऋतिकका डाइहार्ट फ्यान छन् । कतिले ऋतिकसँग फिल्ममा काम गर्न उत्तिकै इच्छा देखाउँछन् ।

यो लिस्टमा दिलवाले, लुकाछिपी, बरेलीकी बर्फी हाउसफूल ४ जस्ता फिल्ममा अभिनय गरेकी कृति सेननको नाम पनि जोडिएको छ ।

हालै कृतिले खुलासा गरेकी छिन् कि ऋतिक रोशनसँग काम गर्ने भन्ने अफवाह वास्तविक बनोस् ।

एक अन्तर्वार्ताका दौरान कृतिले ऋतिक रोशनसँग काम गर्न चाहना भएको बताइन् । प्रश्नको उत्तर दिँदै उनले भनिन्, ‘मैले कैयन् अन्तर्वार्तामा यो कुरा भनेकी छु, म उनकी फ्यान हुँ, म आफ्नो कोठामा ऋतिकको पोस्टर लगाउने गर्थें, मैले उनलाई भेटेँ र कुराकानी गरेँ, उनी गज्जबका छन् ।’

उनले ऋतिक आफ्ना लागि प्रेरणाको स्रोत भएको पनि बताइन् । उनले ऋतिकसँग काम गर्ने मौका छिटो मिल्नेछ भन्नेमा आशावादी रहेको बताइन् ।

उनले भनिन्, ‘म चाहन्छु कि, तपाईं जति पनि हल्लाका बारेमा कुरा गर्नुहुन्छ, त्यो साँच्चिकै सत्य बनोस् ।’

हालै अभिनेत्री तमन्ना भाटियाले पनि आफू ऋतिकको फ्यान भएको बताएकी थिइन् । उनले त यतिसम्म भनेकी थिइन् कि, उनले ऋतिक रोशनका लागि ‘अनस्किृन नो किसिङ’ पोलिसी पनि तोड्न तयार छिन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ३ : ४९ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले