प्रेमीसँग मिलेर पतिको हत्या : खानामा बिष मिलाएर बेहोस बनाए, इट्टाले हानेर ज्यान मारे « Khabarhub

प्रेमीसँग मिलेर पतिको हत्या : खानामा बिष मिलाएर बेहोस बनाए, इट्टाले हानेर ज्यान मारे


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रेमीसँग मिलेर आफ्नै श्रीमान्‌को हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–३ दीवारथान घर भएकी कोशिला देवी छन् ।

प्रहरीका अनुसार कोशिलाले आफ्ना प्रेमी राकेश कुमार मण्डलसँग मिलेर पति राजकिशोर मण्डलको हत्या गरेकी थिइन् । उनले गत फागुन २८ गते पति राजकिशोरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार प्रेमी राकेशकै सल्लाहमा कोशिलाले पति राजकिशोरलाई खानामा बिष मिलाएर खुवाएकी थिइन् । बिष मिलाइएको खाना खाएपछि सुतेका राजकिशोर सुतेकै अवस्थामा बेहोस भएका थिए ।

पति राजकिशोर बेहोस भएपछि कोशिलाले प्रेमी राकेशलाई बोलाएकी थिइन् । पछि दुवै जनाले बहोस भएका राजकिशोरलाई घर बाहिरको कल धारामा रहेको कङ्क्रिट (इट्टा) ल्याइ मुख र टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

राजेशको हत्या भएकै राति घटनास्थलमा पुगेको प्रहरीले कोशिलालाई उनकै घरबाट पक्राउ गरेको थियो । राकेशलाई भने कोशिलाको बयानको आधारमा धनुषाको शहीदनगर–७ स्थित उनको घरबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीसँगको (साबिती) बयानका क्रममा दुवै जनाले ‘प्रेम जोगाउन’का लागि भनेर योजना बनाएर राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ४ : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया