ज्वरो क्लिनिक सञ्चालन गर्न २५ अस्पताललाई सरकारले दियो २ करोड ५० लाख « Khabarhub

ज्वरो क्लिनिक सञ्चालन गर्न २५ अस्पताललाई सरकारले दियो २ करोड ५० लाख


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ज्वरो क्लिनिक संचालन गर्ने अस्पताललाई १० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । स्वास्थ्य सचिव यादव कोइरालाले ज्वरो क्लिनिक संचालन गर्ने देशभरका २५ वटा अस्पतालमध्ये प्रत्येकलाई १०/१० लाख दिने निर्णय भएको जानकारी दिएका हुन् ।

‘हामीले देशभरी हब अस्पताल भनेर २५ वटा तोकेका छौं,’ सचिव कोराइलाले भने, ‘ती हब अस्पतालहरुमा तत्काल फिबर (ज्वरो) क्लिनिक संचालनका लागि प्रत्येक हब अस्पतलाई १० खालका दरले २ करोड ५० लाख रकम तत्काल उपलब्ध गराएका छौं ।’

सचिव कोइरालले हब अस्पतालहरुले सरकारले उपलब्ध गराएको बजेट मार्फत शंकास्पद बिरामीको ज्वरो परिक्षणका लागि क्लिनिक संचालन गर्नुपर्ने बताएका छन् ।

‘ज्वरो आएको मान्छेलाई जाँच्नको लागि ती हब अस्पतालहरुले आवश्यक पर्ने सामाग्री किनेर व्यवस्थापन गर्न पनि म आग्रह गर्दछु,’ सचिव कोइरालाले भने ।

उनले कोरोनाको आशंकामा हालसम्म ७ सय भन्दा बढीको प्रयोगशालामार्फत कोरोना परीक्षण गरिएको र हालसम्म ३ जनामा संक्रमण देखिएको पनि जानकारी दिए ।

उनले विदेशबाट आएका व्यक्तिहरु आइसोलेसन र क्वारेन्टाइनमा बसेमा रोग फैलने सम्भावना कम हुने भन्दै जोखिम क्षेत्रबाट आएकाहरुलाई आइसोलेसन वा क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ५ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया