ज्वरो क्लिनिक सञ्चालन गर्न २५ अस्पताललाई सरकारले दियो २ करोड ५० लाख « Khabarhub

ज्वरो क्लिनिक सञ्चालन गर्न २५ अस्पताललाई सरकारले दियो २ करोड ५० लाख


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ज्वरो क्लिनिक संचालन गर्ने अस्पताललाई १० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । स्वास्थ्य सचिव यादव कोइरालाले ज्वरो क्लिनिक संचालन गर्ने देशभरका २५ वटा अस्पतालमध्ये प्रत्येकलाई १०/१० लाख दिने निर्णय भएको जानकारी दिएका हुन् ।

‘हामीले देशभरी हब अस्पताल भनेर २५ वटा तोकेका छौं,’ सचिव कोराइलाले भने, ‘ती हब अस्पतालहरुमा तत्काल फिबर (ज्वरो) क्लिनिक संचालनका लागि प्रत्येक हब अस्पतलाई १० खालका दरले २ करोड ५० लाख रकम तत्काल उपलब्ध गराएका छौं ।’

सचिव कोइरालले हब अस्पतालहरुले सरकारले उपलब्ध गराएको बजेट मार्फत शंकास्पद बिरामीको ज्वरो परिक्षणका लागि क्लिनिक संचालन गर्नुपर्ने बताएका छन् ।

‘ज्वरो आएको मान्छेलाई जाँच्नको लागि ती हब अस्पतालहरुले आवश्यक पर्ने सामाग्री किनेर व्यवस्थापन गर्न पनि म आग्रह गर्दछु,’ सचिव कोइरालाले भने ।

उनले कोरोनाको आशंकामा हालसम्म ७ सय भन्दा बढीको प्रयोगशालामार्फत कोरोना परीक्षण गरिएको र हालसम्म ३ जनामा संक्रमण देखिएको पनि जानकारी दिए ।

उनले विदेशबाट आएका व्यक्तिहरु आइसोलेसन र क्वारेन्टाइनमा बसेमा रोग फैलने सम्भावना कम हुने भन्दै जोखिम क्षेत्रबाट आएकाहरुलाई आइसोलेसन वा क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ५ : ०९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब