‘लकडाउन’का समयमा सप्तरीका तीन सरकारी कार्यालयमा चोरी « Khabarhub

‘लकडाउन’का समयमा सप्तरीका तीन सरकारी कार्यालयमा चोरी


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लकडाउन’ कार्यान्वयन गर्न सर्वसाधारण घरमा रहेको मौकी छोपी सप्तरीको बोदेबरसाइन नगरपालिकाका तीन सरकारी कार्यालयमा लाखौँ मूल्य बराबरको चोरी भएको छ ।

नगरपालिकामा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयमा बुधबार मध्यराति लाखौँ रुपैयाँ बराबरको सरसमान चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिए ।

कोरोना भइरसका कारण विश्वभर महामारी फैलिएकाले नेपालमा संक्रमण हुन नदिन लकडाउन गरिएका बेला नगरपालिका वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र अतिरिक्त हुलाक कार्यालयका ताल्चा फुटाएर चोरी भएको हो ।

कार्यालयहरुबाट राजश्वतर्फ उठाइएको १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पङ्खा तथा एक थान इन्टरनेट चलाउने राउटर चोरी गरेको वडा अध्यक्ष यादवले बताएका छन् ।

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ५४ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि