कोरोना भाइरस संक्रमणको आशंकामा जुम्लाका ११ बर्षीय बालक आइसोलेशनमा « Khabarhub

कोरोना भाइरस संक्रमणको आशंकामा जुम्लाका ११ बर्षीय बालक आइसोलेशनमा


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाका ११ वर्षीय एक बालकलाई उच्च ज्वरो आएपछि आइसोलेशनमा राखिएको छ ।

जाँचका क्रममा उच्च ज्वरो देखिएपछि आज उनलाई सीधै आइसोलेशनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा सुनिल बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार बालकमा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएको छ । बालकका बुबा पाँच दिन अगाडि भारतबाट आएकोसमेत खुलेको छ ।

दुई तीन दिनअघि देखि ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याई नाप्दा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भएपछि आइसोलेशनमा राखिएको डा बुढाथोकीले जानकारी दिए ।

बालकलाई कोरोनाका परीक्षणको रिपोर्ट नआउञ्जेल आइसोलेशनमै राखी उपचार गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : १७ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ