कर्णालीका ११० जना क्वारेन्टाइनमा « Khabarhub

कर्णालीका ११० जना क्वारेन्टाइनमा


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ ।

आज फेरि सम्पर्कमा आएका थप आठ पुरुषलाई वीरेन्द्रनगर नगरापालिकाको सहयोगमा जननमूना मावि सुर्खेतको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु बाँके नेपालगञ्जको रुपैडिया र सुदूरपश्चिम कञ्चनपुरको गड्डाचौकी हुँदै सुर्खेत भित्रिएको बताउँदै आज आएकासहित गरेर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११० पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सुर्खेत भित्रिएकामध्ये १०४ पुरुष र ६ महिला रहेको जानकारी दिएका छन् ।

जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रायमाझीले ७८ जना होटल अशोकामा, २४ जनालाई अन्तरनिर्भर समाज सुर्खेतको छात्रावास र आठ जनालाई जननमूना मावि सुर्खेतमा राखिएको जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ७ : ४५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड