कोरोना संक्रमित युवतीसँगै नेपाल आएका पाँच जना क्वारेन्टाइनमा « Khabarhub

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका पाँच जना क्वारेन्टाइनमा


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा- कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै नेपाल आएका बाह्रदशी गाउँपालिका-१ निवासी एक व्यक्तिसहित पाँच जनालाई नै क्वारेन्टाइनमा राखिएको छ।

कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसँगै वाह्रदशी-१ खयरवारीका एक युवा पनि नेपाल आएका थिए।

सामाजिक सञ्जालमा सो उडानबाट कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि गाउँपालिकाले उनलाई आजबाट क्वारेन्टाइनमा राखेको बाह्रदशी गाउँपालिका-३ का अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिए।

कतारबाट नै आएका अर्का एक व्यक्तिलाई पनि बाह्रदशी गाउँपालिकाले आजदेखि क्वारेन्टाइनमा राखेको छ। क्वारेन्टाइनमा राखिएका ती युवाले आफूहरुको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक भएको र परिवारलगायत अरुलाई नआत्तिन सुझाव दिएका छन्।

यता झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उक्त विमानमा आएका भनिएका झापाका पाँचै जना स्वस्थ रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : १० बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ