काठमाडौं- कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनको उलंघन गरी सवारी चलाउने २ सय ३५ सवारी साधनलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
विहीबार बिना काम लकडाउन उलंघन गरी सवारी चलाउने जम्मा दुई सय ३५ सवारीसाधन नियन्त्रणमा लिइएको माहानगरीय ट्राफिक प्रहरी माहाशाखाले जनाएको छ।
यी मध्ये दुई सय १२ ओटा दुई पाग्रे र २३ ओटा चार पांग्रे रहेका छन्।
बुधबार १ हजार ६३ ओटा सवारीसाधन कारबाहीमा परेका थिए। बुधबार समातिएका सवारीसाधनलाई सम्झाई बुझाई गरेर छोडिएको महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया