चिनियाँ टोली किमको उपचारमा उत्तर कोरिया पुगेको आशंका « Khabarhub

चिनियाँ टोली किमको उपचारमा उत्तर कोरिया पुगेको आशंका


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उन गम्भीर बिरामी भएको खबरमा सत्यता नरहेको बताइरहँदा किमको उपचारमा चिनियाँ चिकित्सकको टोली उत्तर कोरिया गएको आशंका गरिएको छ ।

उनको स्वास्थ्य परामर्शका लागि चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा चिकित्सकहरुको टोली बिहीबार त्यसतर्फ गएको रोयटर्सले दावी गर्दै सामाचार प्रकाशित गरेको छ ।

यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। उक्त समाचारमा यसबारे चिनियाँ विदेशमन्त्रीले बोल्न इन्कार गरेका छन्। पछिल्लो समय नेता किमको स्वास्थ्य स्थिति गम्भीर भएको समाचार आइरहेका छन् ।

एक उत्तर कोरियाली अनलाईनकाअनुसार उनी बिस्तारै निको हुन थालेका छन् । तर कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने उनको अवस्था चिन्ताजनक रहेको समाचार सार्वजनिक गरिरहेका छन्।

किम विरामी परेकै कारण यही अप्रिल १५ मा आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा समेत सह्रिक नभएको बताइँदै आएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै