कोरोना भाइरस : मृतक संख्या २ लाख नाघ्यो, २९ लाख संक्रमित « Khabarhub

कोरोना भाइरस : मृतक संख्या २ लाख नाघ्यो, २९ लाख संक्रमित


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जनाको मृत्यु भएको छ भने ९० हजार १०८ जना संक्रमित भएका छन् । कूल संख्या २९ लाख २० हजार नाघेको छ ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । यो समाचार तयार पार्दासम्म थप २ हजार ५५ जनाको मृत्यु भएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार २४८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ६० हजार ५२५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार १६२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ८८ हजार ११५ जनामध्ये १५ हजार ११० जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४१५ जनाको मृत्यु भएको छ । शनिबार थप ४१५ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ३८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९५ हजार ३५१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६३ हजार १२० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ५ हजार ८४७ जनामध्ये २ हजार १०२ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुगेको छ ।

आइतबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २३ हजार ७५९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ हजार ७०८ जना उपचारपछि निको भएका छन् ।

१ लाख ५ हजार १४९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा ३६९ जनाको मृत्यु भएको छ । योसँगै त्यहा मृतकको संख्या २२ हजार ६१४ पुगेको छ ।

एकैदिन १ हजार ६६० जना संक्रमित थपिदा कूल संक्रमितको संख्या १ लाख ६१ हजार ४८८ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । एकैदिन अरु ८१३ जनाको मृत्यु भएपछि मृतकको संख्या २० हजार ३१९ पुगेको हो ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २० हजार ११४ जना, उत्तर अमेरिकी मुलुकहरुमा ५८ हजार ५९१ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १६ हजार ९३८, अफ्रिकी मुलुकहरुमा १ हजार ३ सय ७९ र अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा ९८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ०२ बजे

विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दै अमेरिका र स्कटल्यान्ड

काठमाडौँ – विश्वकप लिग–२ मा बुधबार तालिकाको शीर्ष स्थानका अमेरिका

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की

हुम्लामा पहिरोले घर गोठ बगायो

हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।