राराको रिसोर्टमा आगलागी, लाखौंको क्षति « Khabarhub

राराको रिसोर्टमा आगलागी, लाखौंको क्षति


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- जिल्ला स्थित रारा राष्ट्रिय निकुञ्जभित्र रहेको भिलेज हेरिटेज एन्ड रिसोर्टमा शनिबार दिउँसो २ बजेतिर एक्कासी आगलागी हुँदा २ तले भवन सहित रिसोर्टमा रहेको लाखौंको धनमालको क्षति भएको छ।

निकुञ्जको कार्यालय भन्दा ५० मिटर माथि रहेको भिलेज हेरिटेज एन्ड रिसोर्टमा शनिबार दिउँसो २ बजेतिर एक्कासी आगलागी हुँदा २ तले भवन सहित भवनभित्र रहेका होटलका लाखौं मूल्य बराबरका जिन्सी सामान जलेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाले जानकारी दिए ।

आगलागी भए लगत्तै नजिकै रहेको श्रीदल गुल्मका नेपाली सेना र निकुञ्जका वन रक्षकहरुको टोलीले आगो निभाउन सहयोग गरेका थिए।

भवनको आगो निकुञ्जको वनक्षेत्रमा नसल्कियोस् भनेर सुरक्षाकर्मीहरुले अग्नि रेखा समेत हालेर वन जोगाए पनि भवन पूर्ण रुपमा खरानी भएको छ।

आगलागी भएको करीब १ घण्टापछि आगो नियन्त्रणमा आए पनि भवनको धेरैजसो संरचना काठले निर्माण भएकाले जलेर खरानी भएको हो ।

वैशाख महिना लागे यता सदरमुकाम आसपास यो सहित ५ वटा आगलागीका घटना भएका छन् । गत बुधबार मात्र छायाँनाथ रारा नगरपालिका १४ बाम गाउँको एक घरमा आगलागी हुँदा पूरै घरसहित सरसामान जलेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै