कोरोना भाइरस : ८ लाख ३६ हजारभन्दा बढी उपचारपछि घर फर्किए « Khabarhub

कोरोना भाइरस : ८ लाख ३६ हजारभन्दा बढी उपचारपछि घर फर्किए


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ८ लाख ३६ हजार भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

यो समाचार तयार पार्दासम्म उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ६ लाख ३३ हजार ६८९ ले बढी छ ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार युरोपमा ४ लाख ७ हजार ४९ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख २० हजार ११८ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४४ हजार ३२५ जना निको भएका छन् । ती मुलुकहरुमा ५८ हजार ७०३ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख २० हजार ७७२ जना कोरोना संक्रमित निको भएका छन् । एसियाली मुलुकमा १६ हजार ९५३ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४७ हजार ९२४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ६ हजार २० जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका ३१ हजार १०२ जनामध्ये ९ हजार ५३० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ अहिलेसम्म १ हजार ३ सय ७९ जनाको मृत्यु भएको छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलिया तथा ओसिनिया मुलुकहरुमा अहिलेसम्म १०१ जनाको मृत्यु भएको छ भने ६ हजार ७३३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : २७ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी