कोरोनका कारण प्रदेशमा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

कोरोनका कारण प्रदेशमा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उनले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न आग्रह गरे ।

भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भने, ‘प्रदेश सरकारको तयारी राम्रो छ, हामीले आत्तिनुपर्ने अवस्था छैन, हामीले शुरुमै सम्भावित परिस्थितिको आकलन गरेर राम्रो तयारी गर्न सकेकाले अहिले देखापरेको सङ्क्रमण सहजरूपमा सामना गर्न सकिरहेका छौँ ।’

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भए पनि प्रदेश सरकारले विराटनगरमा १०० श्ययाको आइसोलेसन अस्पताल तयार गरिसकेको उनले बताए ।

त्यस्तै कोरोना रोकथामका लागि उच्च सतर्कताका साथ प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री राईले बताए ।

‘सङ्क्रमित सङ्ख्या बढ्दै गएको भए पनि डराउनुपर्ने अवस्था छैन, प्रदेश सरकार आफैंले कोरोना भाइरसको छुट्टै उपचार गर्न अस्पताल निर्माण गरिसकेको छ, आवश्यक परेमा अन्य ठाउँमा पनि निर्माण गर्ने तयारीमा छ, यस प्रदेशमा उपचारमा कुनै पनि कमी हुनेछैन,’ मन्त्री राईले भने ।

कोरोना देखिएको ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको कमी हुन नदिने र आवश्यक खर्च तत्काल प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए। उनले भने, ‘प्रदेश सरकारले स्थानीय तहमा राहत वितरण तथा स्वास्थ्य उपकरण खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ भने अन्य थप समस्या आएमा प्रदेश सरकारले सहयोग गर्छ ।’

राहतका लागि प्रदेश सरकारले रु नौ करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी मुख्यमन्त्री राईले बताए । यो रकमबाट महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिकालाई रु १५ लाख, नगरपालिकाकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाखका दरले विनियोजन भएको समेत जानकारी दिए।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : २८ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट

बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा

शहीद मार्गको बजेट काटेर सरकारले प्रतिशोध साँध्योः वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’