बिरामी भएका उत्तर कोरियाली नेताको मृत्यु भएको समाचार भाइरल भएपछि… « Khabarhub

बिरामी भएका उत्तर कोरियाली नेताको मृत्यु भएको समाचार भाइरल भएपछि…


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियाली नेता किम जोङ उन बिरामी भएको समाचार केही दिनअघि सार्वजनिक भयो । उनको स्वास्थ्य अवस्थाका विषयलाई लिए सामाजिक सञ्जालमा अहिले दुईखाले समाचार भाइरल भइरहेका छन् । केहिले उनको उपचार भइरहेको र केहिले उनको मृत्यु भएको भनेपछि समाचारहरु एकाएक भाइरल भएका छन् ।

हङकङको एक च्यानलले ३६ वर्षे उनको स्वस्थ्य समस्याका कारण मृत्यु भएको समाचार प्रसारण गरेपछि सामाजिक सञ्जालमा भाइरल बन्यो ।

तर, दक्षिण कोरियाको एक मिडिया रिपोर्टअनुसार हार्ट सर्जरीपछि किम स्वस्थ छन् । उनी एक रिसोर्टमा आराम गरिरहेका छन् । रिसोर्टमा घुमफिर समेत गरिरहेका छन् । चीनका सञ्चारमाध्यमहरुमा पनि किमलाई लिएर विभिन्न अड्कलबाजीका समचार आइरहेका छन् ।

चीनले चिकित्सकको एक टोली उत्तर कोरिया पठाएको समेत बताइएको छ । चीनको मेडिकल टिमका एक सदस्यले जापानको म्यागेजिनलाई बताएका छन् ‘किम जोङलाई केही महिनादेखि मुटुको समस्या देखिएको थियो । केही दिनअघि उनी रिङ्गटा (चक्कर) लागेर ढलेका थिए ।’ त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको एक सर्जरी भइसकेको बताइएको छ । अब उनको मुटुमा स्टेन्ट लगाउनुपर्ने हुनसक्छ ।

दक्षिण कोरिया र चीनका अधिकारीहरुले किमको स्वास्थ्य रिकभर भइनसकेको बताएका छन् । उनीहरुका अनुसार, ‘सर्जरीपछि किमको स्वास्थ्य थप गम्भीर भएको छ ।’

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत किम बिरामी भएको खबर गलत रहेको बताएका थिए । किमको स्वास्थ्य अवस्था कस्तो छ यसबारे यकिन जानकारी भने आइसकेको छैन ।

अत्यधिक धुम्रपान, मोटोपना र धेरै काम गर्ने बानीका कारण उनको मुटुमा समस्या देखिएको खबर केही दिनअघि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ५१ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम