बिरामी भएका उत्तर कोरियाली नेताको मृत्यु भएको समाचार भाइरल भएपछि… « Khabarhub

बिरामी भएका उत्तर कोरियाली नेताको मृत्यु भएको समाचार भाइरल भएपछि…


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तर कोरियाली नेता किम जोङ उन बिरामी भएको समाचार केही दिनअघि सार्वजनिक भयो । उनको स्वास्थ्य अवस्थाका विषयलाई लिए सामाजिक सञ्जालमा अहिले दुईखाले समाचार भाइरल भइरहेका छन् । केहिले उनको उपचार भइरहेको र केहिले उनको मृत्यु भएको भनेपछि समाचारहरु एकाएक भाइरल भएका छन् ।

हङकङको एक च्यानलले ३६ वर्षे उनको स्वस्थ्य समस्याका कारण मृत्यु भएको समाचार प्रसारण गरेपछि सामाजिक सञ्जालमा भाइरल बन्यो ।

तर, दक्षिण कोरियाको एक मिडिया रिपोर्टअनुसार हार्ट सर्जरीपछि किम स्वस्थ छन् । उनी एक रिसोर्टमा आराम गरिरहेका छन् । रिसोर्टमा घुमफिर समेत गरिरहेका छन् । चीनका सञ्चारमाध्यमहरुमा पनि किमलाई लिएर विभिन्न अड्कलबाजीका समचार आइरहेका छन् ।

चीनले चिकित्सकको एक टोली उत्तर कोरिया पठाएको समेत बताइएको छ । चीनको मेडिकल टिमका एक सदस्यले जापानको म्यागेजिनलाई बताएका छन् ‘किम जोङलाई केही महिनादेखि मुटुको समस्या देखिएको थियो । केही दिनअघि उनी रिङ्गटा (चक्कर) लागेर ढलेका थिए ।’ त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको एक सर्जरी भइसकेको बताइएको छ । अब उनको मुटुमा स्टेन्ट लगाउनुपर्ने हुनसक्छ ।

दक्षिण कोरिया र चीनका अधिकारीहरुले किमको स्वास्थ्य रिकभर भइनसकेको बताएका छन् । उनीहरुका अनुसार, ‘सर्जरीपछि किमको स्वास्थ्य थप गम्भीर भएको छ ।’

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत किम बिरामी भएको खबर गलत रहेको बताएका थिए । किमको स्वास्थ्य अवस्था कस्तो छ यसबारे यकिन जानकारी भने आइसकेको छैन ।

अत्यधिक धुम्रपान, मोटोपना र धेरै काम गर्ने बानीका कारण उनको मुटुमा समस्या देखिएको खबर केही दिनअघि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ५१ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि