नारायणी अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमणको संकेत « Khabarhub

नारायणी अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमणको संकेत


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साका वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणका क्रममा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिबडी) पोजेटिभ देखएको छ ।

अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डाक्टर उदय नारायण सिंहका अनुसार अन्य अस्पतालबाट रेफर भएर आएकी ती महिलाको आरडीटी परीक्षणको कोरोनामा एन्टिबडी पोजेटिभ आएको हो ।

एक महिना अघि रक्त क्यान्सर भएको पुष्टि भएकी ती महिलाको क्यान्सरको उपचार चलिरहेको थियो ।

दुईदिन अघि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अन्य अस्पतालबाट नारायणी अस्पतालमा रेफर गरिएको थियो । आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिए पछि पीसीआर विधिबाट परीक्षण गर्न उनको नमूना लिइएको डा सिंहले जानकारी दिए ।

‘एकमहिना अघि ब्लड क्यान्सर भएको महिला हो । उहाँ क्यान्सरको उपचारको क्रममा हुनुहुन्थ्यो, २ दिन अघिदेखि स्वास चढ्ने समस्या बढेपछि उहाँलाई हाम्रो अस्पतालमा रेफर गरिएको थियो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँको आरडीटी परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएपछि हिजो (शनिबार) नै थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न लागिएको छ ।’

ती महिलाको शनिबार राती २ बजे मृत्यु भएको डा सिंहले बताए । आरडीटी परीक्षणमा कोरोनाको एन्टिबडी पोजेटिभ आएपछि ती महिलाको शव अस्पतालको आकस्मिक कक्षमै सिल गरेर राखिएको डा सिंहले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ०५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि