कोरोना कहर: दशैंमा कुरेका फिल्म अब रिलिज होलान् ? « Khabarhub

कोरोना कहर: दशैंमा कुरेका फिल्म अब रिलिज होलान् ?


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको दशैंदेखि नै यो वर्षको दशैंलाई भनेर कैयन् फिल्म घोषणा गरिए । नेपालका चर्चित मेकरले पनि दशैंमै फिल्म रिलिज घोषणा गरिदिए ।

दीपकराज गिरी, प्रदीप भट्टराई, अशोक शर्मा, रामबाबु गुरुङ, झरना थापा लगायतका चर्चित मेकरले पनि फिल्म दशैंमा रिलिज गर्ने दाबी गरिरहे । यो वर्ष नेपालका ठूला ब्यानरमा भनिएका फिल्मले दशैं नै ताकेका थिए ।

दशैंमा हुने सरकारी विदा र यो बेला रिलिज गरिएका फिल्मले सहजै लगानी उठाउने कारणले पनि मेकरहरु ठूलो बजेटका फिल्म बनाउने र दशैंमै रिलिज गर्ने तयारीमा थिए ।

यतिबेला भने कोरोना कहरको बढ्दो प्रभावका कारण कुनै फिल्म पनि दशैंमा रिलिज हुने सम्भावना टर्दै गएको छ । जबकि, केही फिल्मले दशैंमा रिलिज गर्ने भन्दै छायांकन पनि थालेका थिए । प्रदीप भट्टराई, रामबाबु गुरुङ र दीपकराज गिरी भने स्किृप्टमै काम गर्दै थिए ।

अहिले मेकरले फिल्मको स्किृप्टमा काम गरे पनि लकडाउनका कारण ‘मुड’ नभनेको भन्दै फिल्ममा पूरा समय दिएका छैनन् । अर्कातिर यो वर्षको दशैंसम्म पनि कोरोनाको यो प्रभाव कम हुने सम्भावना न्यून छ । चैत्र ११ गतेदेखि नेपालमा लकडाउन गरिएको छ ।

लकडाउनका कारण फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ ।

यो वर्ष गत वर्ष रिलिज हुन नपाएका फिल्म पनि माहोल सामान्य हुनासाथ रिलिज हुने तरखरमा छन् । घोषणा गरिएका फिल्म भने यो वर्ष छायांकनमै जान सकेका छैनन् ।

लकडाउन लम्बिँदै जाने हो भने यो दशैंमा घोषणा गरिएका कुनै पनि फिल्म रिलिज हुने छैनन् । किनकि, फिल्मको छायांकन र पोस्ट प्रोडक्सनमा पनि समय लाग्नेछ । बरु माहोल केही सुध्रियो भने अघिल्ला वर्ष रिलिज हुन बाँकी फिल्ममध्ये म यस्तो गीत गाउँछु २ र प्रेम गीत ३ दशैंमा रिलिज हुने सम्भावना बढेर गएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ३ : ०३ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन