आर्थिक क्षेत्रमा भूकम्पपछि कोरोना भाइरसको धक्का « Khabarhub

आर्थिक क्षेत्रमा भूकम्पपछि कोरोना भाइरसको धक्का


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच वर्षअघिको भूकम्पले पुगेको आर्थिक क्षतिबाट पूरा पार नपाउँदै विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा अर्को झन ठूलो क्षति पुग्न थालेको छ ।

अर्थमन्त्रालयका अनुसार भूकम्पपछि आर्थिक वर्ष २०७३/७४ मा आर्थिक आर्थिक वृद्धदर ६ प्रतिशत थियो । त्यसयता आर्थिक वृद्धिदर बढ्दो क्रममा थियो । भूकम्पपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदार संख्या बढेको थियो । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने अर्थमन्त्रालयको अनुमान थियो । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७.५ प्रतिशत थियो ।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । कोरोना भाइरसका कारण चालु आर्थिक वर्षमा वैदेशिक व्यापार, रेमिट्यान्स आप्रवाह र आन्तरिक व्यापार–व्यवसाय ठूलो परिमाणमा ह्रास आएको छ ।

भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको थियो । कोरोना भाइरसले सबै प्रकारका गतिविधि ठप्प बनाएको छ । कोरोना भाइरसले सिंगो विश्वको आर्थिक वृद्धिदरमा असर पारेको छ ।

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कोरोना भाइरसका कारण आन्तरिक र वाह्य व्यापार तथा रेमिट्यान्स आप्रवाहमा असर परेको बताए ।

अर्थशास्त्री केशव आचार्यका अनुसार चार वर्षयता नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा बढी हुँदा अर्थतन्त्रले फड्को मारेको थियो । उनले भने, ‘अर्थशास्त्रको भाषामा अर्थतन्त्रले टेकअफ लिइरहेको थियो । चालु आर्थिक वर्षमा लगानीकर्तालाई विश्वासमा लिन सक्दा आर्थिक वृद्धिदर ८ प्रतिशतसम्म हुने सम्भावना थियो । लकडाउन हुँदा ठूलो धक्का पुगेको छ ।’

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु भएको नेपाल भ्रमण वर्ष–२०२० रद्द गर्नुपरेको छ । होटल र पर्यटन क्षेत्रमा ठूलो असर पुगेको छ ।

कोरोना भाइरसका कारण ठूला पूर्वाधार आयोजना तथा जलविद्युत् आयोजनाको काम रोकिएको छ । गत आर्थिक वर्ष ८ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु आर्थिक वर्षमा कम्तीमा १ खर्ब रुपैयाँ घट्ने राष्ट्र बैंकको अनुमान छ ।

लकडाउनले वैदेशिक व्यापार ह्वात्तै घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा व्यापारघाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ छ । गत वर्ष सोही अवधिमा ११ खर्ब ३१ अर्ब ४३ करोड रुपैयाँ व्यापारघाटा थियो । व्यापारघाटाको परिमाण घटे पनि यसले राजस्व लक्ष्यमा असर पर्नेछ । निर्यातमा ठूलो ह्रास आएको छ ।

आन्तरिक कृषि उत्पादन बजारमा पुग्न नपाउँदा पनि अर्थतन्त्रमा असर परेको छ । मौसमले साथ दिँदा कृषि उत्पादनमा समेत वृद्धि भएको थियो, जसले आर्थिक वृद्धिदरमा मद्दत पुगेको थियो । एक महिनायता आन्तरिक कृषिबाट उत्पादनमा कृषकले क्षति व्यहोर्नुपरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि लिइएका कदमका कारण आर्थिक वृद्धिमा असर पर्ने र आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ छ ।

विकास निर्माणको काम धेरै हुने चैत र वैशाखमा गतिविधि बन्द भएको छ । जेठ महिना खेर जाने सम्भावना बढी छ । यसको असर आर्थिक क्षेत्रमै पर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : ४९ बजे

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट