डा. भट्टराईको प्रश्न- अपहरण जस्तो मुद्दामा उजुरी नलिन आदेश दिइन्छ भने ओलीतन्त्रलाई के भन्ने ? « Khabarhub

डा. भट्टराईको प्रश्न- अपहरण जस्तो मुद्दामा उजुरी नलिन आदेश दिइन्छ भने ओलीतन्त्रलाई के भन्ने ?


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणसम्बन्धि उजुरी दर्ता गर्न अस्वीकार गरेपछि डा बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।

उनले देशको राजधानीमै अपहरण जस्तो गम्भीर मुद्दामा पूर्व प्रम/उपप्रम/मन्त्री( ८ जना ),वहालवाला सांसद ( ६ जना ),एक दर्जन वकिल र दर्जनौं पत्रकारको सामुन्ने पीडित पक्षले जाहेरी दिंदा ओलीतन्त्रले प्रहरीलाई नलिन आदेश दिनसक्छ र रोक्छ भने गाउँका कुनाकाप्चामा के हुँदो हो ? भन्ने प्रश्न गरेका छन् ।  यस घटनाले ओलीतन्त्रको चिहान अझै गहीरोसंग खन्यो है ! भनेर समेत सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै पूर्वमन्त्रीसमेत रहेका डा. सुरेन्द्र यादव आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउप्रधानमन्त्री उपेन्द्र यादवसहित उजुरी दिन पुगेका थिए । तर, काठमाडौँ प्रहरीले उजुरी नै लिन लिन मानेको थिएन।

परिसरले सांसद यादवको उजुरी लिन नमानेपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ११ : २२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६