डा. भट्टराईको प्रश्न- अपहरण जस्तो मुद्दामा उजुरी नलिन आदेश दिइन्छ भने ओलीतन्त्रलाई के भन्ने ? « Khabarhub

डा. भट्टराईको प्रश्न- अपहरण जस्तो मुद्दामा उजुरी नलिन आदेश दिइन्छ भने ओलीतन्त्रलाई के भन्ने ?


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणसम्बन्धि उजुरी दर्ता गर्न अस्वीकार गरेपछि डा बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।

उनले देशको राजधानीमै अपहरण जस्तो गम्भीर मुद्दामा पूर्व प्रम/उपप्रम/मन्त्री( ८ जना ),वहालवाला सांसद ( ६ जना ),एक दर्जन वकिल र दर्जनौं पत्रकारको सामुन्ने पीडित पक्षले जाहेरी दिंदा ओलीतन्त्रले प्रहरीलाई नलिन आदेश दिनसक्छ र रोक्छ भने गाउँका कुनाकाप्चामा के हुँदो हो ? भन्ने प्रश्न गरेका छन् ।  यस घटनाले ओलीतन्त्रको चिहान अझै गहीरोसंग खन्यो है ! भनेर समेत सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको भन्दै पूर्वमन्त्रीसमेत रहेका डा. सुरेन्द्र यादव आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउप्रधानमन्त्री उपेन्द्र यादवसहित उजुरी दिन पुगेका थिए । तर, काठमाडौँ प्रहरीले उजुरी नै लिन लिन मानेको थिएन।

परिसरले सांसद यादवको उजुरी लिन नमानेपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ११ : २२ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको