कोरोना भाइरस : विश्वभर ५५ लाख ८६ हजार संक्रमित, ३ लाख ४७ हजारको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ५५ लाख ८६ हजार संक्रमित, ३ लाख ४७ हजारको मृत्यु


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख ८६ हजार ७१५ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् ।

२८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार १६७ जनाको अवस्था गम्भीर छ भने ३ लाख ४७ हजार ८५४ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ६:३० बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ५१५ जनाको मृत्यु भएको छ ।

१९ लाख १६ हजार १७७ जना संक्रमित भएकोमा ८ लाख ९३ हजार ६३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १५ हजार २६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २ हजार २७७ पुगेको छ । त्यसमध्ये ५ लाख ७६ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २७ हजार ८०१ जनाको मृत्यु भएको छ । ९ लाख ८२ हजार ४०९ जना संक्रमित भएकोमा ५ लाख ७३ हजार ४४९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३२ हजार ६३८ जनाको मृत्यु भएको छ । ६ लाख ५६ हजार १५९ जना संक्रमित भएकोमा २ लाख ६३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ४९५ जनाको ज्यान गएको छ भने १ लाख १७ हजार ८०१ जना संक्रमित छन् । संक्रमितमध्ये ४७ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७२६ जना संक्रमित भएकोमा ८ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९९ हजार ८०५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ६ हजार २२६ जनामध्ये ४ लाख ६४ हजार ६७० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ६ : ५९ बजे

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जलेश्वर– जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि